बुधबार, श्रावण ६,२०८३ 06:11:10
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:11:10
Bizshala
Global IME Bank Limited

रु.३०.८७ अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार

रु.३०.८७ अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार
New Office

काठमाण्डौ । नेपाल सरकारले जेठ २२ गते ३०अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो।  

यी ट्रेजरी बिलको जेठ २१ गते बोलकबोल हुनेछ।  

कार्यालयले २८ दिनको लागि ८ अर्ब रुपैयाँ, ९१ दिनको लागि ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण र १ वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।  

ट्रेजरी बिल जेठ २१ गते अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.