शनिबार, जेष्ठ २,२०८३ 12:51:59
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 12:51:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लाखको लगानीलाई करोड बनाएका पुरुषोत्तम कँडेल, भन्छन्-'अब बुल सुरु हुन्छ, लगानीकर्ताका कालोदिन सकिए'

Laxmi Sunrise Bank Limited
लाखको लगानीलाई करोड बनाएका पुरुषोत्तम कँडेल, भन्छन्-'अब बुल सुरु हुन्छ, लगानीकर्ताका कालोदिन सकिए'
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा अहिले लाखौं युवा लगानीकर्ता भेटिन्छन् । यहि पेशालाई आफ्नो दिनचर्या बनाउने र यसबाट राम्रै आम्दानी गर्नेको जमात पनि बजारमा प्रशस्तै छ । पूँजीबजार चल्न जान्नेका लागि सम्पत्ति आर्जन गर्ने उर्वरभूमि पनि हो । यसको एक ज्वलन्त उदाहरण हुन् पुरुषोत्तम कँडेल ।  

सेयर बजारमा सक्रिय कँडेल कारोबारमा मात्रै नभएर बेला–बेला हुने लगानीकर्ता हकहितका आन्दोलनमा पनि अग्रपंक्तिमा देखिन्छन् । कँडेल १० बर्षभन्दा बढी डेनमार्क, नर्वे, जापानजस्ता देश बसेर नेपाल फर्किएका हुन् ।  

प्राथमिक बजारमा धेरै पहिलेबाट लागेको भएतापनि दोस्रो बजारमा कँंडेल कोभिडकालभन्दा पछि सक्रिय भएका हुन् । उनी त्यसबेला जम्मा १० लाख रुपैयाँ लिएर बजार प्रवेश गरेका थिए । 

Bizshala
New Office
CG Motors

उनले सुरुमा नेपाल रिइन्स्योरेन्सको सेयर रु. ९०० प्रतिकित्तामा किनेर बजार प्रबेश गरे । केही पैसा शिखर इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनमा लगाए । पछि उनले बजार बढ्दै जाँदा आफ्नो लगानी पनि बढाएर २ करोडसम्म पुर्याएका थिए ।  

कँडेलले गएको बुलमा सेयरबाट आम्दानी गरेर ४० लाखभन्दा बढी त सरकारलाई पूँजीगत लाभकर नै तिरेका थिए । कँडेलले आफूले खरीद गरेको धेरैजस्तो सेयर बुल बजारमा बेचेका थिए ।

उनको अनुभवमा अहिले नेपालको बजारमा लगानी गर्ने उपयुक्त समय हो । नयाँ लगानीकर्तालाई कँंडेलले  लगानी गर्दा आईपिओबाट नै बजार छिर्न सल्लाह दिन्छन् ।  

अहिलेको २ हजारको इण्डेक्सलाई उनले नयाँ कम्पनी हटाएको खण्डमा बजार १३ सय आसपासमा रहेको रुपमा बुझेका छन् । ‘बैंकहरुको सेयरभाउ ११ सयको इण्डेक्स हुँदाको भन्दा तल छ । त्यसैले अहिले लगानी गर्ने निकै उपयुक्त समय हो । नयाँ लगानीकर्ताहरुले आधारभूत र प्राविधिक दुवै पक्ष राम्रोसँग बुझेर मात्रै लगानी गर्नुपर्छ ।’ उनले भने–‘बजारमा मास र मुभमेन्ट क्याच गर्नुपर्छ । केही स्टकमा प्राविधिक पक्ष नियालेर पनि सेयर कारोबार गर्न सकिन्छ । बजारमा सेयर किन्न जानेर मात्रै पनि हुन्न । बेच्न पनि जान्नुपर्छ । प्राविधिक ज्ञानले तपाइंलाई सेयरबजारबाट निस्कन पनि सिकाउँछ ।’  

आफ्नो अनुभवमा पोर्टफोलियोको केही हिस्सा दीर्घकालीन लगानी पनि गर्नुपर्नेमा उनले जोड दिए । तर, त्यसरी लगानी गर्दा  लाभांश दिनसक्ने कम्पनी छान्नुपर्छ । ‘कम्तीमा पनि आफूले लगानी गरेको कम्पनीबाट आउने लाभांशले ब्याज तिर्न पुगोस् ।’–उनले थपे ।  

बजारमा प्राविधिक पक्ष हेरेर दैनिक किनबेचमा सामेल हुन सकिने समेत उनको अनुभव छ ।  

कँंडेलको बिचारमा नेपालको सेयर बजार बुलको लगभग तयारी अबस्थामा रहेको छ । ‘हामी बियरिस सकिएर बुल सुरु हुने अन्तिम समयमा छौं । बजारले जब २२ सय ८० को ब्रेकआउट दिनेछ, त्यसपछि उच्च कारोबारको साथ अगाडि बढ्नेछ ।’ निकै आत्मविश्वासका साथ उनले भने–‘बजारले लामो समयको बियरिस चक्र पार गरेका कारण पनि अब बुल सुरु हुन्छ । अहिले केही सेक्टरहरुमा बुल आएको छ । तीन महिना पहिले माइक्रो फाइनान्स सेक्टर सबैभन्दा बढी लगानीकर्ताहरुले उपेक्षा गरेको क्षेत्र थियो । अहिले त्यही क्षेत्रमा चमक आएको छ । यसैमा लगानीकर्ताहरुले डबल कमाए । यो पनि बुल हो । बजार अब धेरै राम्रो हुँदैछ । लगानीकर्ताहरुको काला दिन सकिँदैछन्।’ 

पहिलाका बियरिस बजारमा पनि जलविद्युत कम्पनीलाई उपेक्षा गरिएको, त्यसैले पछि लगानीकर्तालाई मालामाल बनाएको उल्लेख गर्दै उनले यसपटकको बियरिसमा पनि माइक्रो फाइनान्सलाई उपेक्षा गरिएको, तर पछिल्लो समय लगानीकर्ताले यसैबाट प्रशस्त कमाएका बताए । आगामी दिनमा पनि यो क्षेत्र गुल्जार बन्नसक्ने उनको आँकलन छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.