शनिबार, असार २०,२०८३ 05:38:18
Bizshala
  • शनिबार, असार २०,२०८३ 05:38:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ४ जना पक्राउ

Laxmi Sunrise Bank Limited
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ४ जना पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ४ जना व्यक्ति पक्राउ परेका छन् । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा दुई फरक घटनामा ४ जना पक्राउ परेका हुन् ।  

पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन ।  

सरोज कोइराला र मोहम्मद इन्तेयाज आलम २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित पक्राउ गरेका हुन् । कोइरालाले भन्सार छली ल्याएको सुन आलमलाई दिने क्रममा दुवै जना पक्राउ परेका हुन् । कोइराला कतार एयरमाफर्त नेपाल आएका थिए ।    

New Office
CG Motors
Garima Development Bank

यस्तै ५० ग्राम सुनको सिक्रिसहित मोहमद अरमान र ज्याउदिन मिया पक्राउ परेका छन् । ज्याउदिन मियाले पनि भन्सार छली ल्याएको सुनको सिक्रि अरमानलाई दिने क्रममा दुवै जना पक्राउ परेका हुन् । ज्याउदिन मिया कतार एयरको विमानमा नेपाल आएका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.