Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल-भियतनाम सीधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिबद्धता

Global IME Bank Limited
नेपाल-भियतनाम सीधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिबद्धता
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सीधा हवाई उडानको सम्भावना रहेको उल्लेख गर्दै यसका निमित्त आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। 

राजदूत थान हाईको सम्मानमा बुधबार नेपाल भियतनाम चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको धारणा राखे। ‘हामीले भारतका विभिन्न सहरमा सिधा उडान सञ्चालन गरिरहेका छौँ र यो अझै विस्तार हुने क्रममा छ’, नेपालका लागि गैरआवासीय राजदूत न्गुयेन थान हाइले भने, ‘नेपाली पक्षले पनि सीधा उडानका लागि पहल गर्नुपर्छ र हामी आफ्नोतर्फबाट सीधा उडानका लागि प्रयास गर्नेछौँ।’

 

राजदूत न्गुयेन थान हाइले नेपालको काठमाण्डौ र लुम्बिनीमा सीधा उडानको सम्भावना रहेको उल्लेख गर्दै उडानसँगै पर्यटनलगायत अन्य क्षेत्रमा सहकार्य विस्तार हुने धारणा राखे। नेपालबाट अस्ट्रेलिया, युरोपलगायत तेस्रो मुलुक जाने पर्यटकलाई पनि भियतनाम ट्रान्जिट भएर जान सहज हुने उनको भनाइ थियो। 

यसअघि भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी–भियतनाम सीधा उडानका लागि पहल गर्न आग्रह गरेका थिए। श्रेष्ठले नेपाली कफी र हस्तकलाको भियतनाम राम्रो बजार बन्नसक्ने भएकाले व्यापारमा सहजीकरणका लागिसमेत राजदूत न्गुयेन थान हाइसँग आग्रह गरे। दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि कन्सुलर श्रेष्ठको आग्रह थियो। 

कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मल्होत्राले पनि भियतनाममा रहेका बुद्धमार्गीहरुलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधा उडानका लागि पहल गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए। उनले नेपाल र भियतनामका जनता साँस्कृतिक रुपमा नजिक रहेको उल्लेख गर्दै कनेक्टिभिटी बढाएर सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखे।

संघका उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच समेत सम्बन्ध विस्तार हुने धारणा व्यक्त गरे। भियतनामसँग कृषि क्षेत्रमा हातेमालो गरेर र बुद्ध धर्मालम्बीलाई बुद्धको जन्मभूमि भित्र्याएर नेपालले लाभ लिनसक्ने उनको भनाइ थियो। 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
नेपाल-भियतनाम सीधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिबद्धता

कृष्ण कटुवाल

 

Sample Text Bizshala.com, operated by SOS Media Pvt. Ltd. is established in nepalese news industry as a pioneer of online business, economic and financial news. Bizshala principally covers news regarding economic activity, financial statuatus, fluctuation, share market, currency, corporate, automobile industry and every other activities directly or indirectly related to economy. Dedicated to economic awareness and excellence.

New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.