बिहीबार, असार १२,२०८२ 11:06:07
  • बिहीबार, असार १२,२०८२ 11:06:07
Global IME Bank Limited

नयाँ सरकारलाई सेयर बजारको स्वागत, नेप्से २५ महिनाकै उच्च विन्दूमा

Hyundai Nepal
नयाँ सरकारलाई सेयर बजारको स्वागत, नेप्से २५ महिनाकै उच्च विन्दूमा
Nabil Bank Limited

काठमाण्डौ । कांग्रेस एमाले सहभागी भई बन्न लागेको सरकारलाई सेयर बजारले स्वागत गरेको छ ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने भएपछि लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको छ ।  

केपी ओलीले कांग्रेसको समर्थनमा सरकार गठनको दाबी राष्टपतिसामु प्रस्तुत गरिसकेका छन् । सोही दाबीका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार आज साँझ उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन् । 

CG Motors
Muktinath Bikas Bank Limited

ओलीको सपथ भने सोमबार बिहान ११ बजेका लागि राखिएको छ ।  

ओलीले आफ्नो सपथलगत्तै मन्त्रीपरिषदलाई पूर्णता दिने पूर्वतयारी गरिरहेका छन् । जसका कारण शक्तिशाली मन्त्रालय सम्हाल्ने केही नाम लगभग फाइनल भइसकेको छ ।  

ओली सरकारमा उपप्रधान तथा अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने खबरले लगानीकर्तामा थप उत्साह थपिदिएको छ । सेयर बजारमैत्री अर्थमन्त्रीको परिचय बनाएका पौडेललाई अर्थमन्त्रीमा नियुक्त गर्ने पक्का भइसकेको खबरसँगै सेयर बजार परिसूचक(नेप्से) २५ महिनापछिकै उच्च विन्दूमा पुगेको छ ।  

२०७९ जेठ ४ गते नेप्से परिसूचक २२७४.४२ अंकमा थियो । यो बीचमा नेप्से परिसूचक न्यूनतम १८१५ सम्म खस्यो भने अधिकतम २२२७ को विन्दूसम्म पुग्यो ।  

जेठ ४ गतेपछिदेखि भने बजार निरन्तर ओरालो लागेको थियो । आज भने बजार खुलेको केही मिनेटमै  उछालको गतिमा दौडियो । नेप्से परिसूचक बजार खुलेको केही मिनेटमै २२९० सम्म पुग्यो । त्यसपछि केही सम्हालिएर अगाडि बढिरहेको छ ।  

दिउँसो १ बजेसम्ममा नेप्से २२४६ आसपास रहेको छ ।  

यो बेलासम्म साढे ४ अब बढीको सेयर कारोबार भइसकेको छ । २०५ कम्पनीको मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा स्थिर छ ।  

धेरै मूल्य बढ्ने कम्पनीको सूचिमा जलविद्युतको दबदबा देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.