शुक्रबार, जेष्ठ १,२०८३ 06:29:59
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:29:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुस्ताएका लगानीकर्ता पनि सक्रिय बन्दा नेप्सेमा उच्च कारोबार

Laxmi Sunrise Bank Limited
सुस्ताएका लगानीकर्ता पनि सक्रिय बन्दा नेप्सेमा उच्च कारोबार
Shivam Cement

काठमाण्डौ । साताको तेश्रो कारोबार दिन बजार खुलेको एकघण्टामा डेढ अर्ब बढीको सेयर कारोबार भएको छ ।  

यसले सेयर बजारमा पर्ख र हेरको रणनीतिमा रहेका ठूला लगानीकर्ता समेत बिस्तारै बजार प्रवेश गर्न थालेका देखिन्छ ।  

कांग्रेस एमाले गठबन्धनको सरकार गठनको सहमति भएदेखि नै बजारमा बढोत्तरीको क्रम सुरु भएको थियो । 

Bizshala
New Office
CG Motors

योपटक नेप्से परिसूचकमा बढोत्तरीसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भइरहेको छ । यसले समेत बजारमा दिगो बढोत्तरीको क्रम सुरु भएको सहजै अनुमान लगाउन सकिन्छ ।  

लामो समयसम्म मनोबल खस्किएका लगानीकर्ताहरुलाई उत्साहित बनाउने गरी गठन भएको नयाँ सरकार, सेयर बजारमैत्री अर्थमन्त्रीको परिचय बनाएका विष्णु पौडेलको पुनरागमन, घट्दो बैंक ब्याजदर र बजारमैत्री मौद्रिक नीति सार्वजनिक हुने तयारी भइरहेका कारण बजारमा रौनक बढेको देखिएको छ ।  

अर्थमन्त्री विष्णु पौडेलले सोमबार नियुक्ति भएलगत्तै नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अगाडि राखेर मौद्रिक नीति निकै सहज आउने र वित्तीय नीतिसँग ट्यूनिंग मिल्ने गरी बजार तथा लगानीमैत्री नीति ल्याइने सगौरव घोषणा गरेका छन् । अर्थमन्त्री र गभर्नर एउटै पार्टीका कार्यकर्ता भएका कारण समेत अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आउनेमा दुईमत छैन । यही विषय बुझेका लगानीकर्ता बजारमा सक्रिय भएर लागेका कारण बजारमा बढोत्तरीसँगै कारोबार रकम पनि बढिरहेको हो ।  

मंगलबार मध्यान्ह १२ः०८ मा नेप्से परिसूचक ७.३० अंकले बढेको छ भने कारोबार रकम १ अर्ब ८३ करोड माथि पुगेको छ।

बजारको सुरुवातीदेखि यो समयसम्म जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समाचार तयार पार्दासम्म वरुण हाइडोपावर र आँखुखोला जलविद्युत कम्पनीको मूल्यमा अपर सर्किट लागिसकेको छ ।  

यो बेलासम्म १६३ कम्पनीको मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ ।  

नेप्से परिसूचक बढेर २२४८ को विन्दूमा पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.