शुक्रबार, श्रावण ८,२०८३ 05:25:19
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 05:25:19
Bizshala
Global IME Bank Limited

टेलिकमले ल्यायो उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

टेलिकमले ल्यायो उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा
New Office

काठमाण्डौ । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ । नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका  एफटीटीएच सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्नेछन् ।

यसैगरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा एनटी टिभीका ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा  प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यबस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु आलाकार्टा गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् ।  

यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टर सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.