बिहीबार, असार १२,२०८२ 06:22:14
  • बिहीबार, असार १२,२०८२ 06:22:14
Global IME Bank Limited

कमजोर कम्पनीको सेयरमूल्य बढेकोमा अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन

Hyundai Nepal
कमजोर कम्पनीको सेयरमूल्य बढेकोमा अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा हुने अनुचित गतिविधि रोक्न नियामक निकायलाई निर्देशन दिएका छन् । आज सिंहदरबारमा प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पौडेलले यस्तो निर्देशन दिएको बताएका हुन् । पौडेलले सेयर बजारमा हुने कुनै पनि इन्साइडर ट्रेडिङमा नियामक निकाय चनाखो हुनुपर्ने समेत बताएका छन् ।  

पौडेलले सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण अंग भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन पनि नियामकलाई निर्देशन दिएको बताएका छन् । ‘कुनै पनि प्रकारले सेयर बजारलाई प्रभावित पार्ने क्रियाकलाप हुनु हुँदैन भनेर सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका् छु,’ उनले भने,‘ सेयर बजार अर्थतन्त्रको ऐना भएकाले यसलाई परिपक्व ढंगले अघि बढाउनु आवश्यक छ ।’

CG Motors
Muktinath Bikas Bank Limited

उनले सेयर किनबेच गर्दा टीएमएसमा देखिएको समस्यालाई समाधान गर्न समेत अध्ययन गर्न निर्देशन दिएको बताएका छन् । उनले सेयर बजारमा लगानी गर्नपूर्व कम्पनीको वित्तीय अवस्था हेरेर मात्रै लगानी गर्न समेत लगानीकर्तालाई सुझाव दिएका छन् । अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिमा समन्वय हुनु पर्नेमा पनि जोड दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.