Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५% छुट

Global IME Bank Limited
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५% छुट
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइन मार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।  

फेब्रुअरी ५ देखि अप्रिल ३०  सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा /डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मुल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउनेछन् ।  

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटको अनुभव सुनिश्चित गर्दै आएको छ । यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु(याउँदै आइरहेको छ ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.