Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

पेटिएममा हदैसम्मको गडबडी: एउटै प्यान नम्बरबाट हजारौं खाता खोलिएको फेला, सेयरमूल्य ३ दिनमै आधाले घट्यो

Global IME Bank Limited
पेटिएममा हदैसम्मको गडबडी: एउटै प्यान नम्बरबाट हजारौं खाता खोलिएको फेला, सेयरमूल्य ३ दिनमै आधाले घट्यो
Nabil Bank Limited

नयाँ दिल्ली ।  भारतीय रिजर्व बैंक (आरबीआई)ले पेटीएम पेमेन्ट बैंकलाई निकै कडा कारबाही गरेको छ।  

मिडिया रिपोर्टहरूका अनुसार आरबीआईले पेटीएममा मनी लाउन्डरिंग र ग्राहकको केवाईसी सम्बन्धी अनियमितताहरु फेला पारेको छ ।

केही महिनाअघि, आरबीआईले पेटीएममा यस उल्लंघनको बारेमा प्रवर्तन निर्देशनालय (ईडी)लाई अलर्ट गराएको थियो। तर पेटीएमले नियम उल्लंघन गरिरह्यो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अब आरबीआईले पेटीएम पेमेन्ट बैंकमा प्रतिबन्धको घोषणा गरेको छ। पेटीएमका धेरै सेवाहरू २९ फेब्रुअरीदेखि बन्द हुनेछन्।  

भुक्तानी बजारमा पेटीएमको लगभग १७ प्रतिशत हिस्सा छ। यस्तो अवस्थामा आरबीआईको यो प्रतिबन्धले जनताको ठूलो वर्गलाई असर गरेको छ ।  

आरबीआईको कारबाहीबाट करोडौं प्रयोगकर्ता प्रभावित भएका छन् । अझै पनि धेरैमा अन्योल छ । 

आरबीआईको यो कदमले पेटीएमको शेयरमा पनि असर गरेको छ । पेटीएमको शेयर लगातार तल्लो सर्किटमा छ। सोमबार पनि पेटीएमको शेयर १० प्रतिशतले घटेर ४३८.५० भारुको तल्लो सर्किटमा कारोबार भइरहेको छ । सेयरमा लगानीकर्ताको भारी बिक्री देखिएको छ ।

किन कारबाही गरियो ?

मिडिया रिपोर्टका अनुसार पेटीएम पेमेन्ट्स बैंकका लाखौं खाताहरूमा केवाईसी फलो गरिएको थिएन। यसको मतलब बैंकलाई आफ्ना ग्राहकहरू को हुन् भन्ने थाहा थिएन। यसले धोखाधडी र मनी लाउण्डरिङको जोखिम बढाउँछ। रिपोर्टका अनुसार पेटीएम पेमेन्ट्स बैंक लिमिटेड (पीपीबीएल)सँग केवाईसी बिनाका लाखौं खाताहरु समेत फेला परेका छन् ।  

यतिसम्मकी यो बैंकले एउटै प्यान कार्डबाट १ हजारभन्दा बढी खाताहरु खोलिदिएको थियो । नियमभन्दा बढी भएका यी खाताबाट करोडौं रुपैयाँको कारोबार भएको छ । यसबाट सम्पत्ति शुद्धीकरणको सम्भावना पनि छ ।  

रिपोर्टका अनुसार पेटीएम पेमेन्ट्स बैंकसँग करिब ३५ करोड ईवालेटहरू छन्। जसमध्ये करिब ३१ करोड निष्क्रिय छन् । लाखौं खाताहरू छन् जसमा केवाईसी गरिएको छैन। पीपीबीएलमाथि आरबीआईलाई गलत र अपूर्ण जानकारी दिएको पनि आरोप छ। यी खाताहरूमार्फत शंकास्पद लेनदेन पत्ता लागेको छ।  

यसै आधारमा आरबीआईले कारबाही गरेको हो । अब कुनै नयाँ आरोप सार्वजनिक भएमा प्रवर्तन निर्देशनालयले कम्पनीविरुद्ध अनुसन्धान गर्नेछ ।

आरबीआईका अनुसार पेटीएमको अडिट रिपोर्ट र बाहिरी लेखा परीक्षकहरूको रिपोर्टले पेटीएमले लगातार नियमहरूको उल्लंघन गरेको फेला पारेको छ। यसपछि पेटीएम पेमेन्ट बैंकलाई बैंकिङ नियमन ऐनको नियम ३५ ए अन्तर्गत कारबाही गरिएको छ।  

अब फेब्रुअरी २९ पछि, पेटीएम पेमेन्ट बैंकका ग्राहकहरूले कुनै पनि क्रेडिट डिपोजिट, लेनदेन, फास्ट ट्याग र लेनदेन प्रयोग गर्न सक्ने छैनन्।  

पेटीएम पेमेन्ट बैंक लिमिटेडका ग्राहकहरूले फेब्रुअरी २९ पछि यसलाई प्रयोग गर्न सक्ने छैनन्। आरबीआईले पेटीएमलाई मार्च १५ सम्ममा नोडल खाता सेटल गर्न भनेको छ।

आरबीआईका सबै प्रतिबन्धहरू पेटिएम पेमेन्ट्स बैंकमा छन् । तसर्थ, पेटिएम(पेटिएमको क्यूआर, बीमा, ऋण वितरण, साउन्डबक्स र कार्ड मेसिन आदि) प्रभावित हुनेछैन। भुक्तानी बैंकसँग जोडिएका सबै व्यवसाय प्रभावित हुनेछन्।  

आरबीआईले निर्देशन दिएको छ कि पेटीएमले आफ्ना ग्राहकहरूलाई ब्यालेन्स निकाल्न र प्रयोग गर्नको लागि पूर्ण सुविधा उपलब्ध गराउनुपर्छ। यो सुविधा पेटीएमको बचत र चालू खाता भएका वा फास्ट ट्याग प्रयोग गर्ने ग्राहकहरूका लागि पनि उपलब्ध हुनेछ। पेटिएमका सबै सेवाहरू फेब्रुअरी २९ पछि सामान्य रूपमा काम गर्न जारी रहनेछन्।

३ दिनमा आधाले घट्यो सेयरमूल्य

आरबीआईले गरेको कारबाहीको निकै ठूलो असर पेटिएमको सेयरमूल्यमा परेको छ । पछिल्ला तीन कारोबार दिनमा कम्पनीको सेयरमूल्य ५० प्रतिशतले घटेको छ । आज १० प्रतिशतको गिरावट आएको छ। यसअघि बिहीबार र शुक्रबार यसको मूल्य २०–२० प्रतिशतले ओरालो लागेको थियो । ३१ जनवरीमा आरबीआईले पेटीएम पेमेन्ट बैंकको बैंकिङ सेवाहरू प्रतिबन्ध लगाउन आदेश जारी गरेको थियो।


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.