शुक्रबार, जेष्ठ १,२०८३ 02:42:05
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:42:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमा

Laxmi Sunrise Bank Limited
ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमा
Shivam Cement

काठमाण्डौ । अहिले पूँजीबजारमा दैनिक रौनक छाएको छ । कुनै समय मुश्किलले २ अर्ब कारोबार हुने सेयर बजारमा अहिले एकै घण्टामा ७/८ अर्बको सेयर कारोबार हुन थालेको छ  । दैनिक रुपमा सेयर बजारमा २२ अर्ब माथि नै कारोबार भएको छ ।  

ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति दैनिक बढिरहेको छ । त्यतिमात्रै होइन सेयर बजार चल्न थालेपछि हिजोआज पहिलेको तुलनामा सडकमा ट्राफिक जामपनि बढेको छ । पुतलीसडक आसपासका ब्रोकर हाउसहरु लगानीकर्ताहरुका सवारी साधनले भरिभराउ हुन थालेका छन् । चिया तथा कफी पसलमा पनि त्यस्तै भीड लागेको देखिन्छ ।  

Bizshala
New Office
CG Motors

कुनै समय मन्दीले बन्द भएका चिया तथा खाजाघर फेरी भरिभराउ हुन थालेका छन् । अनामनगर , पुतलीसडक तथा कमलादीचोकमा बिहानै देखि लगानीकर्ताहरुको भीड लाग्ने गर्छ । केही लगनीकर्ताहरु बजार बन्द भए पछि कमलपोखरीमा टहलिन समेत जाने गरेका छन् ।

यसअघि बजार घटेर १८ सयसम्म आएका बेला लगानीकर्ताहरु कमलपोखरी क्षेत्रमै जम्मा भएर आन्दोलनमा होमिएका थिए । अहिले त्यही ठाँउ लगानीकर्ताको नाफा÷घाटाको हिसाब गर्न साझा थलो बनेको छ । यही भेटिएका केही लगानीकर्ता अब पैसा कमाएसँगै रमाइलो गर्न तथा घुमघाम गर्न विदेश जानेसम्मको योजना सुनाउन थालेका छन् ।

ब्रोकर हाउस भेटिएका लगानीकर्ताहरु भने सस्ता कम्पनी बेचेकोमा पछुतो मानिरहेको देख्न्छिन् । इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा भेटिएका एक लगानीकर्ताले केही समय पहिले २ सय तलका कम्पनी सस्तोमा नै बेचेकोमा पछुतो लागेको बताए । ‘एउटा २ सय तलको सस्तो कम्पनीको सेयर मैले राम्रै भोल्युममा किनेको थिए, तर के गर्नु थोरै नाफामा पनि बुक गरेको त्यो कम्पनीको सेयरमूल्य दोब्बर नै पुगेको छ । केही दिन होल्ड गर्न नसक्दा बेचे पछि दोब्बरले बढ्यो,’ उनले भने ।  

यो ब्रोकरमा नयाँ लगानीकर्ताहरुको संख्या निकै बाक्लो थियो । धेरै लगानीकर्ताहरु नयाँ टीएमएस तथा ब्रोकर अकाउण्ट खोल्न आएका भेटिए । पछिल्लो समय सेयर बजारमा हाई क्याप भएका सस्ता कम्पनीमा लगानीकर्ता राम्रैसँग झुमिएका छन् । खासगरि, जलविद्युत तथा लगानी समूहका सस्ता कम्पनीमा लगानीकर्ताको माग निकै उच्च देख्रिन्छ ।  

प्रिमियर सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ता आफू पनि बजार दैनिक बढेको सुने पछि दोस्रो बजारमा पाइला टेकेको बताए । आईपीओमा भने पहिलेदेखि नै भर्ने गरेको भएपनि पनि साथिहरुले सेयर बजार बढेको सुनाए पछि तथा सामाजिक सञ्जालमा बजारको विषयमा चर्चा सुने पछि ब्रोकर हाउससम्म बुझ्न आएको उनले बताए ।  

यी त ब्रोकर हाउसमा देखिएको केही प्रतिनिधि पात्र मात्रै हुन् ।  अहिले ब्रोकर हाउसमा अवकाश प्राप्त सैनिक , सरकारी कर्मचारी, वकिल ,शिक्षक तथा गृहणीसम्म ब्रोकर हाउस धाउन थालेका छन् । नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले दैनिक रुपमा हजारौ फोन कल नयाँ टीएमस तथा मेरो सेयरको विषयमा बुझ्न लगानीकर्ताहरुले सम्पर्क गरिरहेको बताउँछन् । पराजुलिले छिट्टै लगानीकर्ताहरुलाई टीएमएस चलाउने सहज हुने गरि लगानीकर्ता सचेतना तथा शिक्षामूलक कार्यक्रमहरु नेप्सेले अगाडि बढाउने पनि जानकारी दिए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X