मंगलवार, असार १७,२०८२ 02:14:02
  • मंगलवार, असार १७,२०८२ 02:14:02
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति पाइन्छ ?

Hyundai Nepal
ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले भदौ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।  

बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । साउन महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

भदौ महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।  

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्षसम्मका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्षका लागि ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५(२५ प्रतिशत ब्याजदरको व्यवस्था बैंकले गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.