शुक्रबार, श्रावण ८,२०८३ 05:23:40
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 05:23:40
Bizshala
Global IME Bank Limited

आर्थिक क्षेत्रका विज्ञहरु मिलेर ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना गर्दै, चुक्तापूँजी १ अर्ब

आर्थिक क्षेत्रका विज्ञहरु मिलेर  ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना गर्दै, चुक्तापूँजी १ अर्ब
New Office

काठमाण्डौ । आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित समूहले  ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना गर्ने भएको छ । पूर्वगभर्नर, बैंकर, कृषि क्षेत्र विज्ञ, अर्थविद्‍ कृषि क्षेत्रका उद्यमीलगायतको समूहको साझेदारीमा एग्रो भेन्चर क्यापिटको स्थापना हुन लागेको हो ।  

स्वदेशमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना हुन लागेको हो ।

यसमा पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की, पूर्वबैंकर तथा बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, पूर्वबैंकर रमेशकुमार भट्टराई, पूर्वबैंकर जनक शर्मा पौडेल लगायतको लगानी गर्ने भएका छन् । लगानीका साथै उनीहरुले यसमा आफ्नो वर्षौदेखिको अनुभव,ज्ञान र दक्षताको भरपुर उपयोग गर्नेछन् ।  

नेपालमा पनि भेन्चर क्यापिटलको सुरुवात भईसकेको अवस्थामा पूँजी अभाव र बजारीकरणको ज्ञानको अभाव जस्ता विविध कारण धेरै उद्योगहरुले गति लिन सकिरहेका छैनन् । यहि अभावलाई परिपूर्ति गर्न एग्रो भेन्चर क्यापिटलको स्थापना गर्न लागिएको जनाइएको छ ।  

कम्पनीको तत्कालको चुक्तापूँजी ५० करोड र सञ्चालनको एक वर्षभित्र १ अर्ब बनाउने प्रस्ताव गरिएको छ । प्रस्तावित कम्पनीमा संस्थापकका लागि ८५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर रहनेछ । ।

संस्थापक सेयरमध्ये ४५ प्रतिशत बैंक, बिमा र सूचीकृत संस्थाका लागि हुनेछ भने ४० प्रतिशत व्यक्ति र प्राइभेट कम्पनीका लागि छुट्याइने छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.