सोमबार, बैशाख १५,२०८२ 03:21:38
IME remit
  • सोमबार, बैशाख १५,२०८२ 03:21:38
IME remit
Global IME Bank Limited

आर्थिक क्षेत्रका विज्ञहरु मिलेर ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना गर्दै, चुक्तापूँजी १ अर्ब

Hyundai Nepal
आर्थिक क्षेत्रका विज्ञहरु मिलेर  ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना गर्दै, चुक्तापूँजी १ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित समूहले  ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना गर्ने भएको छ । पूर्वगभर्नर, बैंकर, कृषि क्षेत्र विज्ञ, अर्थविद्‍ कृषि क्षेत्रका उद्यमीलगायतको समूहको साझेदारीमा एग्रो भेन्चर क्यापिटको स्थापना हुन लागेको हो ।  

स्वदेशमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना हुन लागेको हो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यसमा पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की, पूर्वबैंकर तथा बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, पूर्वबैंकर रमेशकुमार भट्टराई, पूर्वबैंकर जनक शर्मा पौडेल लगायतको लगानी गर्ने भएका छन् । लगानीका साथै उनीहरुले यसमा आफ्नो वर्षौदेखिको अनुभव,ज्ञान र दक्षताको भरपुर उपयोग गर्नेछन् ।  

नेपालमा पनि भेन्चर क्यापिटलको सुरुवात भईसकेको अवस्थामा पूँजी अभाव र बजारीकरणको ज्ञानको अभाव जस्ता विविध कारण धेरै उद्योगहरुले गति लिन सकिरहेका छैनन् । यहि अभावलाई परिपूर्ति गर्न एग्रो भेन्चर क्यापिटलको स्थापना गर्न लागिएको जनाइएको छ ।  

कम्पनीको तत्कालको चुक्तापूँजी ५० करोड र सञ्चालनको एक वर्षभित्र १ अर्ब बनाउने प्रस्ताव गरिएको छ । प्रस्तावित कम्पनीमा संस्थापकका लागि ८५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर रहनेछ । ।

संस्थापक सेयरमध्ये ४५ प्रतिशत बैंक, बिमा र सूचीकृत संस्थाका लागि हुनेछ भने ४० प्रतिशत व्यक्ति र प्राइभेट कम्पनीका लागि छुट्याइने छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.