शुक्रबार, श्रावण ८,२०८३ 05:25:20
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 05:25:20
Bizshala
Global IME Bank Limited

घनश्याम विश्वकर्मा ग्लोकल टिन हिरो नेपाल २०२४ उपाधिबाट सम्मानित

घनश्याम विश्वकर्मा ग्लोकल टिन हिरो नेपाल २०२४ उपाधिबाट सम्मानित
New Office

काठमाण्डौ । ग्लोकल प्रालिद्वारा आयोजित ‘ग्लोकल टिन हिरो २०२४’ रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले,जित्न सफल भएका छन् । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने तथा समुदायमा महत्वपूर्ण योगदान दिएका किशोर किशोरीहरुलाई सम्मानित गर्दै आएको छ ।  

ग्लोकल टिन हिरो नेपालले किशोर किशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । शिक्षा, उद्यमशीलता, कुटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२४ को घोषणा द् सोल्टी होटल काठमाण्डौमा गरिएको हो।  

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष पन्थी, प्राविधिक शिक्षक, कपिलवस्तु;निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, स्याङ्जा;पूर्णिमा तिम्सिना, बालअधिकार कार्यकर्ता, झापा;सजनीशर्मा, सामाजिक कार्यकर्ता, कास्की र श्रीजय सुवेदी,प्राविधिक उत्साही, पर्साबीच ग्लोकल टीन हिरो चयन गरिएको थियो ।  

घनश्याम विश्वकर्मा एक सामाजिक कार्यकर्ता हुन् । जो रुकुमबाट बालबालिका र किशोरकिशोरीहरूको अधिकार र भलाइका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आएका छन् । बालअधिकार, मानसिक स्वास्थ्य, जलवायु र बालविवाहको विरुद्धको संघर्षमा उनको समर्पणले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ । राष्ट्रिय किशोर किशोरीबाल नेटवर्क नेपालका अध्यक्षको रूपमा, उनी बालअधिकारको वकालतलाई अगाडि बढाउन प्रतिबद्ध छन् । उनी विभिन्न संघ–संगठनहरूसँग सहकार्य गर्दै यौन र प्रजनन अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय, र अनलाइन सुरक्षा जस्ता महत्वपूर्ण मुद्दाहरूको सम्बोधन गर्छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.