बिहीबार, असार ११,२०८३ 03:15:42
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:15:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अभिकर्ताहरुको लागि इन्सेन्टिभ वितरणमा कडाई, प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने

Laxmi Sunrise Bank Limited
अभिकर्ताहरुको लागि इन्सेन्टिभ वितरणमा कडाई, प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र अभिकर्ताहरुलाई बीमालेख जारी गर्दा थप कडाई गरेको छ । जीवन बीमा कम्पनीले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लयातका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले बीमालेख जारी विषयमा तीन व्यवस्था लागू गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

प्राधिकरणले समयमै वित्तीय विवरण तयार गर्न र बीमा कारोबार डे इन्ड (दैनिक करोबार बन्द) गर्ने प्राधिकरणको निर्देशन लागू गर्न समेत कठिनाई भएको बताउँदै जीवनब बीमा कम्पनीहरुको बीमालेख जारी सम्बन्धमा विभिन्न व्यवस्था गरेको छ ।  

जसमा प्राधिकरणले प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत नगर्ने जनाएको छ । तर, उक्त दिनको अघिल्लो दिनसम्म स्वीकृत भएका प्रस्तावहरुको लागि बीमालेख जारी गर्न सकिने प्राधिकरणले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, जीवन बीमा अभिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नेपर्ने गरी तोक्नुपर्ने प्राधिकरणले जनाएको छ । अब जीवन बीम कम्पनीहरुले अभिकर्ताहरुको लागि इन्सेन्टिभ प्रदान गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने गरी नियम बनाउनुपर्नेछ ।  

यसका साथै २८ गतेपछि गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नुपर्ने प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशील देव सु्वेदीले बताए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.