आईतवार, असार १,२०८२ 10:26:52
  • आईतवार, असार १,२०८२ 10:26:52
Global IME Bank Limited

इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको खबर अपरिपक्व र अनुमानमा आधारितः एनसेल

Hyundai Nepal
इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको खबर अपरिपक्व र अनुमानमा आधारितः एनसेल
Nabil Bank Limited

काठमाण्डौ । एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको एनसेलले जनाएको छ । एनसेलले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसंग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु हाम्रो लक्ष्य रहेको छ । एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा हामी विश्वस्त छौं,’ विज्ञप्तीमा भनिएको छ ।  

विकसित  घटनाक्रम अनुसार आवश्यक समयमा  उपयुक्त जानकारीहरु प्रदान गर्ने एनसेलले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.