सोमबार, बैशाख ७,२०८३ 02:20:15
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:20:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देश गरिब, रक्सीको खपत चाहिँ सबैभन्दा बढी ! कुन देशका नागरिकले कति पिउँछन् ?(सूचीसहित)

Bizshala
देश गरिब, रक्सीको खपत चाहिँ सबैभन्दा बढी  ! कुन देशका नागरिकले कति पिउँछन् ?(सूचीसहित)
Shivam Cement

काठमाण्डौ । मोल्डोभालाई युरोपको सबैभन्दा गरिब देश मानिन्छ। यस देशमा प्रतिव्यक्ति जीडीपी लगभग ४५०० अमेरिकी डलर बराबर छ । तर प्रतिव्यक्ति मदिरा खपतका हिसाबले यो देश विश्वमा पहिलो स्थानमा छ ।  

पूर्वी युरोपको यो देश कुनै समय सोभियत संघको हिस्सा थियो। यसको क्षेत्रफल ३३ हजार ८४६ वर्ग किलोमिटर छ र जनसंख्या लगभग २५ लाख छ। यस देशमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १५.२ लिटर छ, जुन विश्वमा सबैभन्दा बढी हो। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विश्व स्वास्थ्य संगठनको तथ्यांकमा यो कुरा बाहिर आएको हो ।

प्रतिव्यक्ति मदिरा खपतमा लिथुआनिया दोस्रो स्थानमा छ । यो देशमा हरेक बयस्क मानिसले एक वर्षमा १५ लिटर रक्सी पिउने गरेको छ ।  

चेक गणतन्त्रमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १४.४ लिटर, सेशेल्समा १३.८ लिटर, जर्मनीमा १३.४ लिटर, नाइजेरियामा १३.४ लिटर, लाटभियामा १२.९ लिटर, बुल्गेरियामा १२.७ लिटर, फ्रान्समा १२.६ लिटर र पोर्टमा १२ लिटर रहेको छ।  

त्यसपछि बेल्जियम, रुस, अस्ट्रिया, इस्टोनिया, पोल्याण्ड, स्विजरल्याण्ड, बेलायत, उरुग्वे, फिनल्याण्ड, अष्ट्रेलिया, डेनमार्क, ग्रीस, दक्षिण कोरिया र स्पेन छन् । यी देशहरूमा मदिराको प्रतिव्यक्ति वार्षिक खपत १० लिटरभन्दा बढी छ।

CG Motors
Garima Development Bank
IME remit

अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, चिली, दक्षिण अफ्रिका, स्वीडेन, आइसल्याण्ड, क्यानडा, नेदरल्याण्ड, युक्रेन, थाइल्याण्ड, जापान, ब्राजिल, काजाकिस्तान, इटाली, नर्वे, चीन, कम्बोडिया, फिलिपिन्स, मेक्सिको र कोलम्बियामा प्रत्येक वयस्क व्यक्तिले औसतभन्दा बढी उपभोग गर्छ। यहाँका मानिसले वार्षिक रुपमा औसत पाँच लिटरभन्दा बढी रक्सी पिउने गर्छन्।

नजिकको छिमेकी भारतमा यो ५.७ लिटर छ।  

इस्लामिक देशहरू यो सूचीको पुछारमा छन्। कुवेतमा रक्सीको खपत शून्य छ। साउदी अरबमा प्रतिव्यक्ति रक्सीको वार्षिक खपत ०.२ लिटर छ भने पाकिस्तानमा ०.३ लिटर छ। इजिप्टमा ०.४ लिटर, नाइजरमा ०.५ लिटर, इन्डोनेसियामा ०.८ लिटर, इरानमा १ लिटर, टर्कीमा दुई लिटर, सिङ्गापुरमा २.५ लिटर, युएईमा ३.८ लिटर, उत्तर कोरियामा ३.९ लिटर र भेनेजुएलामा ५.६ लिटर छ।

यो सूचीमा नेपालको नाम उल्लेख छैन । यसको अर्थ नेपालमा विश्वका अन्य मुलुकको तुलनामा र देशको जनसंख्याको तुलनामा रक्सी पिउने मानिसहरु अत्यन्त कम छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.