काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।
संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४४ लाख २६ हजार ७६८.३८ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ४२ लाख ५३ हजार १६९.६२ कित्ता सेयर रहेको छ ।
संस्थाको नेप्सेमा सूचीकृत कुल सेयर संख्या ८६ लाख ७९ हजार ९३८ कित्ता रहेको छ । नेप्सेले असोज ८ गतेको निर्णयानुसार सेयर संरचना परिवर्तन गर्दै अभिलेख गरिएको जनाएको छ ।
यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५७.५१ प्रतिशत र सर्वसाधारण समूहको ४२.४९ प्रतिशत कायम थियो । कम्पनीको गत चैत २ गते सम्पन्न २८ औं र २९ औं वार्षिक साधारण सभाबाट ५१ः४९ अनुपात कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                