आईतवार, असार १,२०८२ 10:09:00
  • आईतवार, असार १,२०८२ 10:09:00
Global IME Bank Limited

सानिमा बैंकको दराजसँग दशैं धमाका योजनाका लागि सहकार्य

Hyundai Nepal
सानिमा बैंकको दराजसँग दशैं धमाका योजनाका लागि सहकार्य
Nabil Bank Limited

काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।  

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु १ हजार ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलो लाई प्राथमिकताको आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना असोज ११ गतेदेखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.