काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।
बैठकले आगामी कात्तिक ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह ३ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट, संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
विशेष साधारण सभाको प्रयोजनका लागि कम्पनीले कात्तिक १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                