आईतवार, असार १,२०८२ 11:50:02
  • आईतवार, असार १,२०८२ 11:50:02
Global IME Bank Limited

एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख बढी सहयोग

Hyundai Nepal
एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख बढी सहयोग
Nabil Bank Limited

काठमाण्डौ । एनसीसीएस समूहले हालै गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । एनसीसीएसले पीडितहरूलाई ५ लाख ६ हजार ५५० रूपैयाँ सहयोग गरेको हो ।  

अविरल वर्षा कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएपछि एनसीसीएस र यसमा आबद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको छ ।  

विगतमा पनि एनसीसीएसले प्राकृतिक विपत्तिका कारण धनजनको क्षति हुने गरी देश अफ्ठयारो अवस्थामा पुग्दा सहयोग गर्दै आएको जनाएको छ । देश समस्यामा पर्दा सबैले मिलेर सहयोग गर्नुपर्ने एनसीसीएसको भनाइ छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको छ । विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनः स्थापनाका लागि प्रधानमन्त्रीकै सक्रियतामा यो दैवी प्रकोप उद्धार कोष खडा गरिएको हो ।  

काठमाडौंको पकनाजोलमा रहेको यस कलेजले शिक्षाको क्षेत्रमा आफ्नो दुई दशक लामो यात्रा तय गरिसकेको छ । विश्वको रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्दै आएको कलेजले निरन्तर उत्कृष्ट नतिजा पनि हासिल गर्दै आएको दाबी गरेको छ ।  

एनसीसीएस नेटवर्कभित्र स्कुल तहदेखि स्नातक तहसम्म अध्यापन हुँदै आएको छ । स्नातक तहमा त्रिभुवन विश्वविद्यालय सम्बद्ध विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । जसमा एनसीसीएसले युनिभर्सिटी ग्रान्ट्स कमिसन (यूजीसी) बाट क्वालिटी एस्युरेन्स एन्ड एक्रिडेसन सर्टिफिकेट (क्यूएए) प्राप्त गरिसकेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.