सोमबार, बैशाख ७,२०८३ 01:54:20
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 01:54:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टाउको दुखेको औषधि बनाउन खोज्दा झुक्किएर तयार भो कोका–कोला, यी हुन् गल्तीले बनेका विश्वचर्चित उत्पादन

Bizshala
टाउको दुखेको औषधि बनाउन खोज्दा झुक्किएर तयार भो कोका–कोला, यी हुन् गल्तीले बनेका विश्वचर्चित उत्पादन
Shivam Cement

काठमाण्डौ । आज केही प्रोडक्ट्सहरु यस्ता छन्, जुन विश्वभरि नै चर्चित छन् । तर, तपाईं यो जानेर अचम्ममा पर्नुहोला कि यी विश्वचर्चित उत्पादनहरुको खोज भूलवश भएको थियो । जस–जसले यी चिजहरुको खोजी गरे, उनीहरु कुनै अरु चिज बनाउन चाहन्थे, तर बनिदियो यी प्रोडक्ट । हामी यहाँ तपाईंलाई केही यस्तै प्रोडक्टहरुको बिषयमा बताउन गइरहेका छौ, जसको खोज अञ्जानमै भएको थियो । यिनै प्रोडक्टहरु आज विश्वभरमै सबैभन्दा बढी प्रयोग गरिन्छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भियाग्रा: यौन क्षमता बढाउने औषधि

यौन क्षमता बढाउनेवाला औषधि विश्वका सबै देशहरुमा प्रयोग गरिन्छ । दबाई कम्पनी फाइजरमा काम गर्ने दुई विशेषज्ञहरु सिमोन क्याम्पवेल र डेभिल रोबटर्सले भियाग्राको फर्मूलाको खोजी गरेका थिए । तर, यी दुई विज्ञ हाइपरटेन्सन तथा एञ्जिना भनिने मुटुको बिमारीका लागि औषधिको खोजीमा जुटेका थिए । सन् १९८० मा यसलाई मानव शरीरमा प्रयोगका लागि तयार गरियो । प्रयोग गरेपछि मात्र पत्ता लाग्यो कि यो औषधि त सेक्स पावर बढाउने औषधि पो बनेछ । त्यसपछि नै यसलाई भियाग्राको नामबाट बिक्री गर्न थालियो ।  

कोका–कोला, कोल्ड ड्रिङ्क

कोका–कोला आज विश्वभरिकै चर्चित कोल्ड ड्रिङ्क हो । कोका कोलाको खोज पनि भूलवश नै भएको थियो । कोका–कोलालाई  फार्मासिस्ट जोन पेम्बर्टनले तयार गरेका  थिए । तर फार्मासिस्ट जोन पेम्बर्टन टाउको दुखेको र रुघाखोकी लाग्ने समस्याको समाधानका लागि एक सिरप(झोल औषधि) तयार गरिरहेका थिए । यस्तो सिरप तयार गर्ने क्रममा उनले तरल पदार्थमा वाइन र कोला(कोकिनबाट निक्लिने एक किसिमको पदार्थ) मिलाइदिए । जब अटलान्टा राज्यमा सन् १८८५ मा  रक्सीमा रोक लगाइयो, त्यसपछि उनले यो सिरपबाट वाइन निकालेर कार्बोनेट मिसाइदिए । अनि तयार भयो कोका–कोला । तर, कोकाकोलाको फर्मूला आजको दिनसम्म पनि सेक्रेट नै रहेको छ ।  

सेनेटरी प्याड

अहिले औधी चलेको सेनेटरी प्याड पहिलोपटक पहिलो विश्वयुद्धमा घाइते सैनिकको उपचारका लागि तयार गरिएको थियो । युद्धको दौरान घाइते भएका सैनिकको शरीरबाट बगेको रगत रोक्नका लागि सेनेटरी प्याडको प्रयोग हुन्थ्यो । अन्तर्राष्ट्रिय परोपकारी संस्था रेडक्रसले यसलाई तयार गरेको थियो । तर, पछि विश्वभरका महिलाले सेनेटरी प्याडलाई सबैभन्दा धेरै प्रयोग गर्न थाले । यसरी सेनेटरी प्याडको आविष्कार भएको थियो । 

CG Motors
Garima Development Bank
IME remit

स्टेनलेस स्टील, मेटल

विश्वमा वर्षौदेखि फलामको प्रयोग हुँदै आएको छ । तर, सन् १९१२ मा बन्दूक बनाउने क्रममा ह्यारी ब्रेरलीले यत्तिकै आफ्नो बन्दूकमा क्रोमियमको प्रयोग गरे । यसले फलामलाई बिल्कुल अलग रुपमा रुपान्तरण गरिदियो । यो निकै मजबुत समेत भयो । त्यसपछि मात्र उनलाई थाहा भयो कि यो त बिल्कुलै नयाँ मेटलको आविस्कार भएछ भन्ने कुरा । आजको समय स्टेनलेस स्टील विश्वमै सबैभन्दा धेरै प्रयोग हुने मेटल बनेको छ ।  

कर्न फ्लेक्स, फूड प्रोडक्ट्स

कर्न फ्लेक्सलाई पनि दुई भाईले अञ्जानमै आविस्कार गरेका थिए । अमेरिकाका डा. जोन हार्वे किलोग र उनका भाई डब्ल्यूके किलोग आफ्नो लागि ब्रेकफास्ट तयार गर्ने गर्थे । एकपटक दुवैले ग्रेनोला(एकप्रकारको ब्रेकफास्ट, जसमा मुछिएको पीठो, चिनी वा मह, सुक्खा फलफूलको मिक्स हुन्छ) नामको परिकार बनाउनका लागि आटालाई मूछेर राखिदिए र फेरि भूले । केही दिनपछि जब उनीहरुको ध्यान मूछेर छाडेको आँटामा गयो, त्यसबेलासम्म आँटा निकै सुक्खा भइसकेको थियो । यही कुराबाट आइडिया लिएर उनीहरुले कर्न फ्लेक्स बनाए ।

प्लाष्टिक

प्लाष्टिकको खोज चर्चित टायर निर्माता कम्पनी चाल्र्स गुडइयरले गरेको हो । एकदिन टायर बनाउन प्रयोग हुने रबरलाई सल्फरमा मिसाएर स्टोभमा राखियो, तर लामो समयसम्म त्यसलाई निकाल्न भूलियो । जब याद आयो, तब आएर हेर्दा निकै कडा ठोस चिज बनिसकेको थियो । पछि यो ठोस चिजलाई थिचेर र पेलेर केही आकारहरु दिइयो । यही समयदेखि प्लाष्टिकको सुरुवात भयो ।  

कुकीज

सन् १९३६ मा बिस्कुट उत्पादन गर्ने उद्योगमा एक बच्ची गएकी थिइन । ती बच्चीको हातमा चकलेटको टुक्रा थियो । त्यो टुक्रा तयार भइरहेको बिस्कुटमा झर्यो । जब उद्योगका मानिसले यो कुरा देखे, तब बिस्कुटलाई चकलेटको साथमा नयाँ लुक्स दिने बिषयमा उनीहरुले तत्कालै सोंच बनाए । यसरी विश्वमा कुकीज बनाउने कामको सुरुवात भयो, गल्तीले ।  

बबल गम

थोमस एडम्स इलास्टिकको दोश्रो विकल्पको खोजीमा तल्लीन थिए । तर, जब उनी आफ्नो खोजप्रति सन्तुष्ट भएनन् र उनले आफू नजिकै रहेको पदार्थलाई गल्तीवश झुक्किएर मुखमा हाले । तब उनलाई महसुस भयो कि त्यो पदार्थ उनको मुखमा निकै नरम अनुभव भइरहेको थियो । त्यसपछि उनले त्यो पदार्थ विभिन्न फ्लेबरमा आविष्कार गरे । सन् १८८८ देखि यसरी चुइगम(बबलगम)को आविष्कार भयो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.