बिहीबार, बैशाख ३,२०८३ 01:52:30
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 01:52:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यता फालाफाल गौमूत्र, लण्डनका पसलमा चाहिँ हारालुछ !

Bizshala
यता फालाफाल गौमूत्र, लण्डनका पसलमा चाहिँ हारालुछ !
Shivam Cement

बीबीसी । गौमूत्रको औषधीय गुणको विषयमा हिन्दू धर्मशास्त्रहरुमा राम्रै व्याख्या गरिएको छ । गौमूत्रको यही गुणका कारण हिन्दूहरु गाईको पूजा गर्छन र गाईलाई माता सरह मान्छन् । आधुनिक समयमा कतिपयले यो कुरा नमान्लान् पनि । तर विज्ञहरुले समेत गौमूत्रको औषधीय गुणको  विषयलाई पुष्टि गरेपछि अहिले नेपाल वा भारतमा मात्र होइन, विकसित मुलुकहरुमा समेत गौमूत्र बिक्री हुन थालेको छ।

लण्डनको दक्षिण एशियाली नामको एक दोकानबाट गौमूत्रलाई निकै आकर्षक प्याकेटमा राखेर बिक्री गर्ने गरिएको पाइएको छ । गौमूत्र खरीद गर्नेहरुको यो दोकानमा भीड नै लाग्ने गरेको स्थानीयले बताएका छन् । रमाइलो कुरा त यो छ कि गौमूत्रलाई लण्डनका कतिपय दोकानहरुमा खाद्यान्नकै लाइनमा राखिएको हुन्छ र यसको औषधीय गुण थाहा पाउनेले उच्च प्राथमिकताका साथ खरीद गर्दछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एक स्थानीय दोकानदारका अनुसार हिन्दू धर्मावलम्बीहरुले बढी मात्रामा गौमूत्र खोज्ने गर्दछन् । उनीहरुले यसलाई औषधिको रुपमा मात्र होइन, महत्वपूर्ण कार्यहरुमा समेत प्रयोग गर्ने गर्दछन् । नवजात शिशुको न्वरानको दिन समेत गौमूत्र चाहिँदो रहेछ । ती पसलेले भने ।  

लण्डनको यो दोकानमा मात्र होइन, वेटफोर्डस्थित भक्ति वेदान्त म्यानर र हरेकृष्ण मन्दिर आसपासबाट समेत गौमूत्रको बिक्री हुने गरेको छ । हरेकृष्ण मन्दिर अगाडिको एक डेरी फर्ममा गौमूत्रको उत्पादन गर्ने गरिएको छ ।  

मन्दिरका प्रबन्ध निर्देशक गौरी दासले आफूहरुले मन्दिरबाट ७० को दशकदेखि नै गौमूत्र बिक्री गर्दै आएको बताए । मानिसहरुले गौमूत्रलाई धार्मिक कार्यमा मात्र नभई दबाईको रुपमा समेत प्रयोग गर्ने गरेका उनले बताए । सोही मन्दिरमा काम गर्ने प्रदीपले पत्रकारका अगाडि एक गिलास गौमूत्र तनतनी पिए र भने–‘साह्रै कडा रहेछ, तर बिल्कुल औषधि पिए जस्तो ।’

CG Motors
Garima Development Bank
IME remit

ब्रिटेनको फूड स्टेण्डर्स एजेन्सीका एक प्रवक्ताका अनुसार ब्रिटेनमा गौमूत्रलाई मानव उपभोगका लागि बेचबिखन गर्न प्रतिबन्धित छ, तर यदि कसैले गौमूत्रलाई छालामा लगाउनका लागि प्रयोग गर्छ भने यो चाहि छुट छ । यही कडा कानूनका कारण पसलमा राखिएको गौमूत्र भरिएको प्याक वा बोतलमा हिन्दू भाषामा स्पष्टै रुपमा यो गौमूत्र हो र यसको प्रयोग धार्मिक प्रयोजनका लागि मात्र हुन्छ भनेर लेखिएको पाइएको थियो ।  

मन्दिरका गौरी दासले समेत मावन उपभोगका लागि आफूहरुले गौमूत्र बिक्री नगर्ने गरेको, तर भक्तहरुले यसलाई कुन रुपमा प्रयोग गर्छन भन्ने बिषय आफूहरुको सरोकारको विषय नभएको बताए । भारत र नेपालमा मात्र होइन, विश्वका धेरै ठाउँमा बस्ने हिन्दूहरुले गाईको मासु खाँदैनन् । भारत र नेपालमा त गाई काट्नु र मासु खानुलाई ठूलै अपराध मानिन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.