बिहीबार, बैशाख ३,२०८३ 01:48:41
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 01:48:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सफल व्यवसायी बन्ने हो ? पछ्याउनुस् यी वास्तु टिप्स

Bizshala
सफल व्यवसायी बन्ने हो ? पछ्याउनुस् यी वास्तु टिप्स
Shivam Cement

काठमाण्डौ । सफल व्यवसायी बन्न सजिलो छैन । तपाईं सफल व्यवसायी बन्न चाहनुहुन्छ भने यसमा वर्षौको मेहेनत लाग्छसक्छ । व्यापारमा तपाईंको सानो गल्तीले ठूलो घाटा पनि हुनसक्छ । कहिलेकाही वास्तु दोष पनि व्यापारका लागि बाधक बनिदिन्छ । यसकारण व्यापार सुरु गर्नुअघि वास्तुलाई ध्यानमा राख्नु हितकर हुन्छ । यही कारण धेरै कम्पनीहरु हिजोआज आफ्नो विजिनेश चम्काउन वास्तुको साहारा लिन थालेका छन् ।  

हाल वास्तुमा वैज्ञानिक ढंगको सुधार भइसकेको छ । वास्तु दोष मेटाउन घर वा भवनमा कुनै तोडफोडको आवश्यकता पर्दैन र केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा भवनभित्रको वातावरण समेत आकर्षक र वास्तुमैत्री बनिदिन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भारतका चर्चित बास्तुशास्त्री खुशदिप बंशलको भनाईमा मेटल, कलर, मिरर, पिरामिड, घरका चिजवस्तुहरु, पेन्टिङ, लाइटको प्रयोग सही दिशामा हुन जरुरी छ । हिजोआज मल्टिनेशन कम्पनीहरु समेत आफ्नो अफिसमा इन्टेरियर डिजाइनको बेला यस्ता कुरामा ध्यान दिन्छन् । बंशलको भनाईमा वास्तुशास्त्र एक प्रयोगात्मक विज्ञान हो र आफ्नो अफिसको वास्तुदोष मेटाउन कुनै पनि तोडफोड गरिरहन पर्दैन, केही सामान्य कुरामा ध्यान दिए पुग्छ । जस्तो पेन्टिङमा सामान्य परिवर्तन, चिजवस्तु राख्ने स्थानमा परिवर्तन, लाइट्स र स्कल्पचर्स भवनमा लगाएर हरेक किसिमको बास्तु दोष मेटाउन सकिन्छ । भवन, कार्यालय वा कम्पनी वा उद्योगको नक्सा बनाउने समयमै यी चिजहरुमा विशेष ध्यान बनाउन जरुरी हुन्छ ।  

कन्स्ट्रक्सन उद्योगका लागि वास्तु टिप्स

–बिल्डिङको पश्चिम वा पूर्वी दिशामै आफ्नो साइट अफिस बनाउनुहोस् ।  

–प्लान्टको उत्तर–दक्षिण दिशामा कच्चा पदार्थ राख्ने भूल नगर्नुहोस् ।  

–कन्स्ट्रक्सनको सुरुवात सबैभन्दा पहिला प्लान्टको उत्तर दिशाबाट गर्नुहोस् ।  

–विजिनेशमा राम्रो नेटवर्किङका लागि कार्यालयको दक्षिणी क्षेत्रमा दौडदै गरेको १२ घोडाको मूर्ति वा चित्र राख्नुहोस् ।  

–कार्यालयको उत्तर वा दक्षिण दिशामा रातो हात्ती राख्दा तपाईको विजिनेशको प्रतिष्ठा चाँडो बढ्छ ।  

–सेल्ससँग सम्बन्धित काम गर्नका लागि पूर्वमा पश्चिमतर्फ मुख फर्काएर बस्ने गर्नुहोस् ।  

CG Motors
Garima Development Bank
IME remit

मार्केटिङको मामलामा दक्षिण वा उत्तर दिशामा बस्नुहोस् ।  

–उत्पादनसँग जोडिएका सबै काम सधैं दक्षिण वा पश्चिम दिशामा मात्र बसेर गर्नु हितकारी हुन्छ ।  

–फाइनान्स वा व्यवस्थापनको काम सधैं पश्चिमतर्फ बसेर पूर्वतर्फ आफ्नो मुख फर्काई गर्नुपर्छ ।  

–सेल्स डिपार्टमेन्टसँग सम्बद्ध मानिसहरु आफ्नो वर्क स्टेशन जहिले पनि पूर्व दिशामै बनाउनुहोस् र पहेंलो तथा खैरो रंग सधैं टाढा राख्नुहोस् ।  

फ्याक्ट्री वा कम्पनीका लागि बास्तु टिप्स

–कुनै विजिनेशको योजना बनाइरहनुभएको छ भने उत्तर दिशामा पूर्वतर्फ मुख फर्काएर बस्नुहोस् ।  

–पानीसँग सम्बन्धित सबै चिजहरुलाई फ्याक्ट्रीको उत्तर दिशामा सारिदिनुहोस् ।  

–फ्याक्ट्रीको दक्षिण–पश्चिम क्षेत्रमा मेसिनरी टुल्स राख्ने गल्ती नगर्नुहोस् ।  

–आफ्नो कम्पनीको नाम भएको ब्यानर वा फ्लेक्स बोर्ड तपाईको कार्यालयको उत्तर वा पूर्व दिशामा मात्र लगाउनुहोस् ।  

–सेतो रंगको घोडाको जोडाको चित्र वा मूर्ति अफिसको उत्तर वा पूर्व दिशामा राख्नुहोस् । यसले तपाईलाई फाइनान्सियल सपोर्ट दिन्छ ।  

व्यापारमा पैसाको कमी भइरहेको छ भने....

तपाईलाई सेयर मार्केट वा प्रोपटी मार्केट जहाँबाट समेत घाटा हुनसक्छ । धेरै समय रोकिएको पेमेन्ट समयमा आउँदैन भने विजिनेश बढाउने कुरामा पनि घाटा हुनसक्छ । तर अब बास्तुशास्त्रमा यस्ता हैरानीहरुको समेत सहज हल छ । जसले तपाईको घर र अफिसको इनर्जीलाई सन्तुलित गरिदिन्छ र सबै काम तपाईले भने अनुसार नै हुन थाल्छ ।  

वर्षौको खोजबाट यो पत्ता लागेको छ कि उत्तर दिशामा कुबेरको मूर्ति टेबल वा सेफमाथि राख्दा धेरै मानिसलाई काफी फाइदा हुन्छ ।  

–विजिनेशमा धनको कमीको समस्याको एउटा कारण कार्यालय वा घरमा लकरलाई गलत दिशामा राख्नु पनि हो । –लकरमा नगद र गहना राख्ने हो भने त्यसलाई घरको पश्चिम वा दक्षिण–पश्चिम क्षेत्रमा राख्नुपर्छ । लकर फलामको हुन आवश्यक छ ।  

–घर या अफिसको दक्षिण–पूर्व क्षेत्रमा फोहोर फाल्ने डस्टबिनहरु राख्दा पैसाको फ्लो अवरुद्ध हुनसक्छ । यस्तै यदि तपाई व्यापारी हो भने तपाईंको अकाउण्ट बुकको रंग रातो हुनुपर्छ ।

यदि दोकानमा ग्राहक आइरहेका छैनन् भने.................

–कहिलेकाही यस्तो पनि हुन्छ कि राम्रो र व्यवस्थित पसल भए पनि तपाईंकोमा आउने ग्राहकको संख्या घट्नसक्छ वा ग्राहक नआउन सक्छन् । जब कि तपाईंको जस्तै छिमेकमा रहेको त्यस्तै दोकानमा भने ग्राहकको थामिनसक्नु भीड लाग्छ । यदि तपाईंलाई व्यवसायमा समेत यस्तै समस्या आइरहेको छ भने वास्तु विज्ञानको सहारामा यो समस्याको हल निकाल्न सकिन्छ ।  

–दक्षिण–पश्चिम क्षेत्रको पर्खालमा नन्दी साँढेको आकृति लगाएमा यसले तपाईंको व्यवसायलाई सुरक्षा प्रदान गर्छ ।

–दोकान वा आफ्नो अफिसमा यस्तो आकृति लगाउनाले ग्राहक तपाईंको दोकानप्रति आकर्षित हुन्छन् । यति मात्र होइन, यस्ता प्रयोगले ग्राहकसँग तपाईंको सम्बन्ध निकै लामो समयसम्म राख्न मद्धत गर्छ ।  

–तपाईंको दोकानमा ग्राहक पूर्व वा उत्तर दिशाबाट प्रवेश गर्छन् भने त्यो शुभ मानिन्छ ।  

-बिजशाला/ एजेन्सी

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.