IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 01:22:07
IME remit
Global IME Bank Limited

जानकी फाइनान्सको नाफा १५,७२३% ले वृद्धि, खराब कर्जा अनुपात ३४.६४% पुग्यो

Hyundai Nepal
जानकी फाइनान्सको नाफा १५,७२३% ले वृद्धि, खराब कर्जा अनुपात ३४.६४% पुग्यो
Shivam Cement

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको नाफा १५७२३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ लाख ३६ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

नाफा बढेपनि कम्पनीको खुद ब्याज आम्दानी भने ३.३९ प्रतिशतले घटेर ४ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानीमार्फत १ लाख ६६ हजार रुपैयाँ कमाएको कम्पनीको खुद सञ्चालन आम्दानी १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको सञ्चालन खर्च भने १६१.०९ प्रतिशतले बढेर २ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

६९ करोड ४ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ६५ करोड २५ लाख रुपैयाँले ऋणात्मक र रिजर्भ भने ४३ करोड ९ लाख रुपैयाँले धनात्मक अवस्थामा छ । कम्पनीको निक्षेप ३ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह भने ३ अर्ब १२ करोड रुपैयाँबाट घटेर ३ अर्ब ९ करोड रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको खराब कर्जा अनुपात भने ह्वात्तै बढेको छ । अघिल्लो आवसम्म १७.६० प्रतिशत रहेको कम्पनीको खराब कर्जा अनुपात बढेर ३४.६४ प्रतिशत पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६७.९० रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.३५ गुणा,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९४१.५९ रुपैयाँ र तरलता अनुपात ३.८४ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.