बिहीबार, बैशाख ३,२०८३ 01:51:10
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 01:51:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जाडोयाममा यी विजिनेश गरे भइनेछ मालामाल

Bizshala
जाडोयाममा यी विजिनेश गरे भइनेछ मालामाल
Shivam Cement

काठमाण्डौ । जाडोयाम सुरु हुने बेला भएको छ । यस्तो अवस्थामा यदि तपाई कुनै व्यापार सुरु गर्न खोजिरहनुभएको छ भने जाडोयाममा बढी प्रयोग हुने वस्तुहरुको व्यापार तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । यस्तो वस्तु वा सेवाको व्यापार गर्दा तपाईलाई फाइदा हुन्छ, कारण यस्तो विजिनेश सुरु गरेलगत्तै माग उच्च हुन्छ, जसबाट तपाईंले भनेजस्तै नाफा कमाउन सक्नुहुन्छ । आज हामी तपाईलाई जाडोयाममा कस्ता कस्ता व्यापार गर्न सकिन्छ भन्ने बिषयमा केही आधुनिक टिप्स दिन गइरहेका छौ ।  

गिजर र हिटरको व्यापार

जाडो सुरु भएलगत्तै तपाईले गिजर र हिटरको व्यापार सुरु गर्न सक्नुहुन्छ । विभिन्न देशका गिजर र हिटरका विभिन्न उत्पादनहरु नेपालमा पनि पाइन्छ । यहाँका थोक बिक्रेतामा गएर वा आफैं छिमेकी देशका नजिकका बजारमा गएर आवश्यक सामाग्री ल्याउन सकिन्छ । कुनै निश्चित कम्पनीको डिलरसीप लिनुभन्दा सबै खालका कम्पनीहरुको कलेक्सन राखेर एक सेन्टर खोलेर व्यापार सुरु गर्न सकिन्छ । यसका लागि तपाईंले आफ्नो नजिकको शहरी क्षेत्रको बजारमा पसल राख्ने ठाउँ खोज्नुपर्ने हुन्छ । यस्तो वस्तुको व्यापारका लागि तपाईंलाई सुरुवातमा बढीमा ३ लाख रुपैयाँ भए पुग्छ । कारण, यस्तो विजिनेशमा थोक बिक्रेताहरुबाट धेरै सामान उधारोमा पनि लिन सकिन्छ । यो व्यापारबाट तपार्इंले महिनाको ८० हजार रुपैयाँसम्म कमाउन सक्नुहुन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गार्मेन्टको विन्टर कलेक्सन

जाडोयाममा सबैभन्दा धेरै माग र बिक्री न्याना कपडाहरुको हुन्छ । यस्तो विजिनेश गर्नका लागि थोरै पूँजीबाट पनि सुरु गर्न सकिन्छ । ब्राण्डेड कपडाको विजिनेश सुरु गर्ने सोंच बनाउनुभयो भने सोही अनुसार केही बढी पूँजी आवश्यक हुन्छ । तपाईंले चाहनुभयो भने ५० हजार रुपैयाँसम्ममा पनि न्यानो कपडाको व्यापार गर्न सक्नुहुन्छ । काठमाण्डौका होलसेलरबाट कपडा खरीद गर्न सकिन्छ । होलसेलरसँग राम्रो सम्बन्ध राख्दा धेरै कपडा उधारो पनि पाइन्छ । आफैं चीन वा भारतीय बजार पुगेर समेत कपडा ल्याउन सकिन्छ । यस्तो कपडामा तपाईंले दुई गुणा भन्दा पनि बढी नाफा कमाउन सक्नुहुन्छ । पछिल्लो समय कतिपय ब्राण्डेड कम्पनीहरुले आफ्ना विन्टर कलेक्सनका नयाँ–नयाँ डिजाइन समेत लञ्च गरिरहेका हुन्छन् ।  

कफीसप खोल्नुहोस्

जाडोयाममा शहरी क्षेत्रमा कफीको अत्यधिक माग हुन्छ । यसकारण तपाईंले कुनै व्यस्त बजारमा कफी सप खोल्नसक्नुहुन्छ । तपाईलाई कफी सप खोल्नका लागि थोरैमा २ देखि बढीमा ४ लाखसम्म खर्च हुनसक्छ । कारण, यसको डेकोेरेशनमा चाहि बढी खर्च हुन्छ । काठमाण्डौ, पोखरा जस्ता शहरमा कफी सप खोल्नका लागि कतिपय अन्तर्राष्ट्रिय ब्राण्डहरुले फ्रेञ्चाइजीको समेत अफर गरिरहेका हुन्छन् । यस्ता ब्राण्डसँग सम्पर्कमा रहेर आफ्नो थोरै लगानीबाट समेत कफी सप खोल्न सकिन्छ । यस्तो कफी सपबाट तपाईले न्यूनतम पनि मासिक ५० हजार रुपैयाँ सजिलै कमाउन सक्नुहुन्छ ।  

CG Motors
Garima Development Bank
IME remit

विन्टर पर्यटनको  विजिनेश

नेपालका कयौं ठाउँ विदेशी पर्यटकका लागि रोजाईको गन्तव्य हो । पर्यटकहरु त्यस्ता कतिपय ठाउँमा विन्टर सिजनमै जान रमाउँछन । त्यसकारण यस्तो समयमा विन्टर टुरिजमको विजिनेश सुरु गर्नु समेत उत्तम हुनसक्छ । यसका लागि तपाईलाई धेरै केही पर्दैन । पायक पर्ने ठाउँमा एउटा अफिस हुन आवश्यक छ । पर्यटन मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालय, भ्याटमा दर्ता भई आफ्नो विजिनेश सुरु गर्न सकिन्छ । विदेशी पर्यटकसम्म पहुँच बनाउनका लागि तपाईंले एक राम्रो वेबसाइट पनि बनाउनुपर्ने हुन्छ । यसरी सुरुवातमा तपाईको बढीमा २ लाख खर्च हुनेछ । त्यसपछि नेपालमा जाडोयाममा बढी चहलपहल हुने पर्यटकीय गन्तव्यमा खोलिएका होटलहरुसँगको सम्पर्कमा रहेर तपाईंले आफ्नो व्यवसायमा गति भर्न सक्नुहुन्छ । एक अनुमानका अनुसार यो विजिनेशले गति लियो भने तपाईंले मासिक कम्तीमा पनि ६० हजार रुपैयाँसम्म कमाई गर्न सक्नुहुन्छ ।  

वोल्डएज केयर होम

जाडोयाम बुढापाकाका लागि निकै कष्टपूर्ण हुन्छ । यस्तो समयमा घरका छोराबुहारी दुवै जागिरे भएमा घरमा रहने बूढाबुढीलाई निकै गाह्रो हुन्छ । यही कारण पछिल्लो समय काठमाण्डौमा ओल्डेज केयर होम संचालन हुन थालेको छ र यस्ता सेन्टरले कुस्त कमाइरहेका छन् । तपाईं पनि यस्ता केन्द्र खोलेर नयाँ ढंगको व्यवसाय सुरु गर्न सक्नुहुन्छ । यो व्यवसायका लागि केही कोठा भाडामा लिएर समेत वृद्धवृद्धालाई केयर गरी दिनभरि आफूसँग राख्न सकिन्छ । यसका लागि उनीहरुलाई राखिइने कोठामा हिटरको भरपर्दो व्यवस्थाको साथमा मनोरञ्जनको कुनै साधन पनि राखिइन आवश्यक हुन्छ । विकसित देशमा यो विजिनेश संस्थागत रुपमा नै फस्टाएको हुन्छ । तपाई पनि यस्तो किसिमको काम गर्न सक्नुहुन्छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.