IME remit
  • शनिबार, कार्तिक ८,२०८२ 06:26:51
IME remit
Global IME Bank Limited

विजिनेश जमिरहेको छैन ? आफैंलाई सोध्नुहोस् यी ७ प्रश्न, सफल बन्नुहुनेछ

Hyundai Nepal
विजिनेश जमिरहेको छैन ? आफैंलाई सोध्नुहोस् यी ७ प्रश्न, सफल बन्नुहुनेछ
Shivam Cement

काठमाण्डौ । विजिनेशमा सधैं सफल नै भइन्छ भन्ने अनिवार्य वा ग्यारेण्टी हुँदैन । कतिपय अवस्थामा असफलताहरुलाई समेत हामीले सहर्ष स्वीकार गर्नुपर्ने हुनसक्छ । यो नियम जीवन, जागिर र विजिनेश, तीनवटैमा एकसाथ लागू हुन्छ । तपाई सफल हुँदा छेउछाउमा धेरै मान्छे हुन्छन्, तर सफल हुँदा तपाई एक्लै पर्न सक्नुुहुन्छ । आफ्नो असफलतालाई तपाईले नै फेरि सफलतामा परिणत गर्नुपर्ने हुनसक्छ । असफल भएको अवस्थामा तपाई आफैंले मात्र आफ्नो राम्रो मद्धत गर्न सक्नुुहुन्छ ।  

जनकारहरुका अनुसार यस्तो अवस्थाबाट बाहिर निस्किने एक मात्र तरिका हो, आफैंले आफैसँग केही प्रश्नहरु गर्ने । यदि तपाई असफल भइरहनुुभएको छ भने आफैंसँग केही सवालहरु गर्नुहोस्, ताकि असफलता मात्र हात लागिरहेको परिस्थितिबाट बाहिर निस्किन तपाईलाई सहज होस् । यी प्रश्नहरुले तपाईको अवस्थामा आमूल परिवर्तन गरिदिंदैनन्, तर आमूल परिवर्तन गर्ने क्षमता भने यी प्रश्नहरुमा हुन्छ । आउनुहोस्, असफलताको जटिल परिस्थितिबाट बाहिर निस्किन आफैंले आफैलाई गर्नुपर्ने ७ प्रश्नहरुको बिषयमा जानौं

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

प्रश्न १ः के म आफ्नो कामबाट खुशी छु ?

यो प्रश्नको मद्धतबाट जान्न सकिन्छ कि हामी जुन काम गरिरहेका छौ, त्यो सही हो या होइन । यस्तै, यो प्रश्नले आफूले गरिरहेको कामले आगामी दिनमा सफलताको विन्दूसम्म पुर्याउन सक्छ कि सक्दैन भन्ने मूल्यांकन गर्न समेत सहयोग पुर्याउनेछ ।  

प्रश्न २ः के म केही नयाँ कुरा सिकिरहेको छु ?

यो प्रश्नले तपाईले जान्नुुहुनेछ कि अहिले गरिरहेको कामले तपाईलाई अगाडि बढाउन सक्छ कि सक्दैन । यदि केही नयाँ कुरा सिकिरहनुभएको छ भने यही कामलाई जारी राख्नुहोस्, छैन भने यो कामबाट बाहिर निस्किनु नै उत्तम हुन्छ ।  

प्रश्न ३ः के म राम्रो आम्दानी गरिरहेको छु ?

यो प्रश्नबाट तपाईलाई आफ्नो क्षमताको मूल्यांकन गर्न सहज हुनेछ र तपाईले सही काम खोज्ने अवसर पनि पाउनुहुन्छ । साथै, आफ्नो काममा अतिरिक्त इफोर्ट समेत लगाउन सक्नुुहुन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रश्न ४ः आफ्ना कर्मचारीसँग मेरो सम्बन्ध राम्रो छ कि छैन ?

यो प्रश्नबाट तपाईलाई थाहा हुन्छ कि कतैं तपाईलाई आफ्नै कर्मचारीका कारणले पो असफलता हात लागिरहेको हो कि भन्ने कुरा बुुझ्न सहज हुन्छ । कर्मचारीसँगको तपाईको नराम्रो सम्बन्ध वा नराम्रो व्यवहारले भनेजस्तो काम गर्न उनीहरु निरुत्साहित भएका र त्यसको असर तपाईको विजिनेशमा पो परिरहेको छ कि भन्ने कुरा बुुझ्न समेत सहज हुनेछ ।  

प्रश्न ५ः के मेरा साथमा हुनेहरुसँग मेरो सम्बन्ध राम्रो छ ?

यो प्रश्नले पनि गरिरहेको काम जारी राख्ने वा परिवर्तन गर्ने भन्ने फैसला लिन सहयोग गर्नेछ ।  

प्रश्न ६ः म जुन विजिनेशमा छ, त्यसको लायक म छ कि छैन ?

यो प्रश्नले तपाईलाई आफ्नो अवस्था तथा कामको सही दिशाको बिषयमा जानकारी दिन्छ । यदि तपाईलाई आफूले गरिरहेको कामका लागि आफू योग्य छैन जस्तो लाग्छ भने यो प्रश्नले यस्तो टिम बनाउन प्रेरित गर्नेछ, जसले तपाईले गर्न नसकेको काम गरिदिनेछ र तपाईलाई सफल बनाइदिनेछ ।  

प्रश्न ७ः यो कामका लागि मेरो अनुभव पर्याप्त छ कि छैन ?

यो प्रश्नले आफ्नो योग्यता अनुसारको जागिर वा काम खोज्न तपाईलाई सहयोग गर्नेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.