बिहीबार, बैशाख ३,२०८३ 02:00:25
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 02:00:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कहिल्यै धनी बन्न दिंदैन यी ६ बानीले !

Bizshala
कहिल्यै धनी बन्न दिंदैन यी ६ बानीले !
Shivam Cement

काठमाण्डौ । अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् । सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ । कयौं सफल मानिस आफूलाई निकै ख्याल गर्छन् र आफ्नो ज्यानदेखि अफिसलाई समेत फिट राख्ने कुरामा निकै सचेत हुन्छन् । कतिपय मानिसहरु चाहि आफ्नो सुविधाका लागि कयौं कुरा छाडेर समेत अगाडि बढिरहेका हुन्छन् । 

विश्वकै सबैभन्दा कान्छा शक्तिशाली नेटवर्कर दीप पटेलले आफ्नो किताब ब् एबउबभचदयथुक ाबदभि मा यस्तै केही बानीको बिषयमा बताएका छन्, जसलाई तपाईले समेत तुरुन्त त्यागिदिनुपर्ने हुन्छ । तीमध्ये यहाँ ६ आनीबानीको बिषयमा बताउन गइरहेका छौ, जसलाई धनी र सफल बन्न चाहने मानिसले आफ्नो लाइफस्टाइलबाट हटाइदिनुपर्ने हुन्छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आफूलाई शंका गर्न छाड्नूू
यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई तपाईले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ । यो बानी कायमै रह्यो भने तपाईले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ । त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुुल्झाउने कोशिश गरिराख्नुुहोस् । 

उपयुक्त समयको प्रतिक्षा गर्नु
यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस् । तपाईले संभावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय तपाई पहिलादेखि नै गर्न चाहिरहनुुभएको छ त्यसका लागि कुनै समय पर्खिएर बस्नुुहुन्न । यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नुहोस् । 

नपढ्नु
नयाँ नयाँ जानकारी हासिल गर्नु एक निरन्तर प्रक्रिया हो । त्यसकारण सफल मानिस कहिल्यै पनि पढ्न छाड्दैनन् । उनीहरु पढ्छन्, मानिसहरुसँग कुरा गर्छन् र विश्वमा के भइरहेको छ भन्ने बिषयमा आफूलाई अपडेट गरिरहेका हुन्छन् । 

CG Motors
Garima Development Bank
IME remit

बोल्ने मात्र, काम चाहि नगर्ने
तपाईले बोलेर वा सोचेर मात्र हुँदैन । हावामा महल बनाएर केही हुनेवाला छैन । तपाई कहिल्यै पनि अगाडि बढ्न सक्नुुहुन्न, जबसम्म तपाईले सोचेको वा बोलेको कुरा गर्नुहुुन्न । त्यसकारण जे काम गर्छु भनेर योजना बनाउनुुभएको छ, त्यसलाई तुरुन्तै थालिहाल्नुपर्छ । 

कुनै लक्ष्य नहुुनुु
मानिसको एउटा निश्चित लक्ष्य हुन आवश्यक छ । तपाईसँग आफ्नो जिन्दगीको एक ब्लूप्रिन्ट हुनुपर्छ । यसबाट तपाईलाई लामो समयसम्म सहयोग प्राप्त हुन्छ । 

काममा फोकस नहुनु
तपाई आफ्नो काममा निरन्तर जोडिइरहनुुपर्छ । काममा जिद्धी ढंगले निरन्तर लागिरहनुुपर्छ । तपाई सफल बन्नका लागि लगातार काम गर्नुपर्छ र काममा फोकस भइराख्नुुपर्छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.