• आईतवार, भाद्र २९,२०८२ 02:51:05
Global IME Bank Limited

माथिल्लो मैलुङ खोला जलविद्युतको नाफा ४.३९ करोड, यस्तो.छ अन्य वित्तीय अवस्था

Hyundai Nepal
माथिल्लो मैलुङ खोला जलविद्युतको नाफा ४.३९ करोड, यस्तो.छ अन्य वित्तीय अवस्था

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म घाटामा रहेको माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको खुद नाफा धनात्मक भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ४ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३० लाख ५१ हजार रुपैयाँ घाटामा थियो । कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड २४ लाख र निर्माणबाट १ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ । यसका साथै कम्पनीले ३ लाख ९२ हजार वित्त आम्दानी समेत गरेको छ । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ३४ लाख १२ हजार रुपैयाँबाट बढेर ३ करोड २१ लाख रुपैयाँ पुगेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पहिलो त्रैमाससम्म कम्पनीले ४ करोड ८६ लाख रुपैयाँबराबरको वित्त खर्च समेत गरेको छ । रिटेन्ड अर्निङ ५ करोड ६५ लाख रुपैयाँ ऋणात्मक भएको कम्पनीको अन्य रिजर्भ ११ लाख ८ट हजार रुपैयाँले धनात्मक रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.३५ रुपैयाँ र तरलता अनुपात ०.९० प्रतिशत कायम भएको छ ।   

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.