आईतवार, असार ८,२०८२ 09:31:20
  • आईतवार, असार ८,२०८२ 09:31:20
Global IME Bank Limited

२७८० विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
२७८० विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजारले आज इन्ट्रा डेमा पटक–पटक यसअघिको २ हजार ७८० विन्दुमा प्रतिरोध सामना गरेको छ । इन्ट्राडेमा नै केही समय घटेको बजार अन्त्यमा २२ अंकले सकरात्मक बनेको छ ।  

आज बजार बढ्दा कारोबार पनि बढेको छ । यो भनेको बजार बुल नै रहेको संकेत हो । आज बजारमा बोलिङ्गरको अपर ब्याण्डमा माथि लामो धागो सहितको क्याण्डल बनेको छ । यसले आज बजारमा केही नाफा बुक चलेको र आगामी कारोबारमा पनि चल्न सक्ने संकेत गर्छ । म्याक्डीमा बुलिस क्रसओभर नै छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

आरएसआई ६० भन्दा माथि बन्द भएको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार अप ट्रेन्डमा नै चलेको छ । आज २ हजार ७६० विन्दुमा बन्द भएको बजारले आगामी कारोबार पनि २ हजार ७८० विन्दुमा नै संघर्ष गर्न सक्छ । यदि त्यहाँबाट बजार माथि लागेमा भने बजारले २ हजार ८८० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । यद्यपी आज बजार बढ्दा कारोबार पनि बढेका कारण आगामी कारोबारमा पनि बजारले सकारात्मक लय लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण काराबारका लाग सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.