मंगलवार, बैशाख १,२०८३ 02:57:10
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 02:57:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन नेपाल लाइफले कमायो १६.६१ करोड नाफा, दाबी भुक्तानी ३१% ले वृद्धि

Bizshala
सन नेपाल लाइफले कमायो १६.६१ करोड नाफा, दाबी भुक्तानी ३१% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमाससम्ममा १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ०.४९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले १६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आम्दानी २१.२५ प्रतिशतले बढेको छ । पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ३ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ८५ करोड १३ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २१ करोड ६४ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट ३९ लाख ३१ हजार र बीमितलाई प्रदान गरिएको कर्जाबाट ७० लाख ३४ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी १ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ८५ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा ३१.७९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ६५ करोड १४ लाख रुपैयाँ थियो।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब १२ करोड ३९ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो आवसम्म कम्पनीको कुल खर्च ८५ करोड ४० लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १७ करोड २१ लाख रुपैयाँबराबर रहेको छ । यस्तै कम्पनीको रिटेन्ड अर्निङ ६९ करोड ३२ लाख रुपैयाँ र सेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १६.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.८२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७८.८९ रुपैयाँ र पीई अनुपात ३१.४२ गुणा कायम भएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.