Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

अधिकांश बीमा कम्पनी नेप्सेको तल्लो वर्गमा,कस्ता कम्पनी पर्छन यो समूहमा ?

Hyundai Nepal
अधिकांश बीमा कम्पनी नेप्सेको तल्लो वर्गमा,कस्ता कम्पनी पर्छन यो समूहमा ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०/८१ पुस मसान्त सम्म अद्यावधिक विवरणअनुसार २७१ कम्पनीको वर्गीकरण सार्वजनिक गरेको हो ।  

नेप्सेमा १२ जीवन बीमा कम्पनी, १२ निर्जीवन बीमा कम्पनी र दुई पुनर्बीमा कम्पनी गरी कुल २६ बीमा कम्पनी सूचीकृत छन् । नेप्सेले सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था, लाभांश वितरण, चुक्तापुँजीको अवस्था र साधारण सभा समयमा नै गरे/नगरेको अवस्था हेरेर ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी कुल चार वर्गमा सूचीकृत कम्पनीहरुलाई विभाजन गरेको छ ।  

नेप्सेका अनुसार बीमा कम्पनीहरुमध्ये नेपाल इन्स्योरेन्स मात्रै ‘ए’ वर्गमा परेको छ । कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको तीन वर्ष भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रहेर १० प्रतिशतका दरले लाभांश वितरण गरेको, नियमनकारी निकाय बीमा प्राधिकरणले तोकेको ढाँचामा वित्तीय विवरण राखेको र आव समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेकाले वर्ग ‘ए’ भित्र परेको नेप्सेले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement

नेप्सेका अनुसार वर्ग ‘बी’मा भने कुनै पनि बीमा कम्पनी परेका छैनन् । कम्तीमा तीन अर्ब रुपैयाँ चुक्तापुँजी, नेप्सेमा सूचीकृत भएको ३ वर्ष भएको, विगत ३ वर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको, आव सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको र सञ्चित नोक्सानी नरहेका कम्पनीहरु वर्ग ‘बी’ मा परेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए ।  

‘अधिकांश बीमा कम्पनीहरु वर्ग ‘जेड’ मा परेका छन्, नेप्सेको कार्यविधिअनुरुप वर्ग ‘बी’ मा पर्ने संस्थाहरुले आव सकिएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने हुन्छ’ उनले भने, ‘बीमा कम्पनीहरुले तोकिएको समयमा साधारण सभा गर्न सकेका छैनन् साथै विगत तीन वर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको अवस्था नभएकाले अधिकांश बीमा कम्पनीहरु वर्ग ‘जेड’ मा छन् ।’

नेप्सेका अनुसार ‘जी’ ग्रुपमा ५ बीमा कम्पनी परेका छन् । आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र हिमालयन रि इन्स्योरेन्स नेप्सेमा सूचीकृत भएको दुई वर्ष पुरा नभएसम्म वर्ग ‘जी’मा पर्ने नेप्सेले जनाएको छ ।    

त्यस्तै, वर्ग ‘जेड’ मा नेपाल रि इन्स्योरेन्ससहित १९ बीमा कम्पनी परेका छन् ।  

नेप्सेको कार्यविधिअनुसार वर्ग ए, बी र जी वर्गमा नपरेका संगठित संस्था वर्ग ‘जेड’ मा रहनेछ । उक्त वर्गमा पर्ने संगठित संस्थाले कायम गरेको मापदण्डहरु पुरा नगर्ने कम्पनीलाई वर्ग ‘जेड’ भित्र राखिएको नेप्सेले जनाएको छ । यसर्थ १९ बीमा कम्पनीले लगातार नाफामा रहेर १० प्रतिशतका दरले लाभांश वितरण गरेका छैनन र समयमा नै साधारण सभा गर्न सकेका छैनन् ।  

बीमा कम्पनीहरुको वार्षिक साधारण सभा समयमा नै हुन सकेको छैन । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले नियामकले तोकेको ढाँचामा वित्तीय विवरण पेश नगरेको र समयमा नै साधारण सभा गर्न सकेका छैनन् । जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएसन प्रक्रिया लामो हुने भएकाले समयमा नै साधारण सभा गर्न नसकेको प्राधिकरणको भनाई छ ।  

वर्ग ‘जेड’ मा परेका १९ बीमा कम्पनी  

हिमालयन एभरेष्ट, नेको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), आइजीआई प्रुडेन्सियल, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सानिमा जिआईसी, युनाइटेड अजोड, एशियन लाइफ, हिमालयन लाइफ, राष्ट्रिय बीमा कम्पनी, प्रभु इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेपाल लाइफ, नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ, सुर्यज्योति लाइफ र नेपाल रि इन्स्योरेन्स समूह ‘जेड’मा परेका छन् ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.