Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एलन मस्कको आम्दानीबारे रोचक तथ्य,एक मिनेटमै कमाउँछन् ९.१३ लाख रुपैयाँ

Global IME Bank Limited
एलन मस्कको आम्दानीबारे रोचक तथ्य,एक मिनेटमै कमाउँछन् ९.१३ लाख रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । स्पेक एक्स कम्पनीका संस्थापक तथा विश्वको दोस्रो धनाढ्य एलन मस्कको कमाईबारे एउटा रोचक तथ्य सार्वजनिक भएको छ ।  

फिनबोल्डले एलन मस्कले प्रति सेकेण्ड देखि एक सातासम्म कति कमाउँछन् भन्ने एउटा रोचक रिपोर्ट सार्वजनिक गरेको छ । फिनबोल्डका अनुसार एलन मस्कले प्रतिसेकेण्ड ११४.८० डलर(१ लाख ५२ हजार नेपाली रुपैयाँ),प्रतिमिनेट ६८८७ डलर(९ लाख १३ हजार नेपाली रुपैयाँ) र प्रतिघण्टा ४ लाख १३ हजार २२० डलर(५ करोड ४७ लाख नेपाली रुपैयाँ) कमाउँछन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै एक दिनमा मस्कले ९९ लाख १७ हजार २८० डलर(१ अर्ब ३१ करोड नेपाली रुपैयाँ) कमाउने रिपोर्टमा जनाइएको छ । मस्कको प्रतिसाता कमाई भने ६ करोड ९४ लाख २० हजार ९६० डलर (९ अर्ब २० करोड नेपाली रुपैयाँ) रहेको छ ।  

यो आँकडा मस्कले सन् २०२३ मा आर्जन गरेको ३.६२०३ बिलियन डलरलाई आधार मानेर गरिएको हो ।  

एलन मस्कले अहिले १९८.९ बिलियन डलर कुल सम्पत्तिका साथविश्वको धनाढ्यको सूचीमा दोस्रो स्थानमा छन् । मस्कभन्दा अघि एलभीएमएचका संस्थापक बनार्ड अर्नाल्ट छन् ।  

पछिल्लो समय मस्को सम्पत्तिमा तीव्र गिरावट आईरहेको छ । मस्को सम्पत्ति २२९ बिलियन डलरबाट घट्दै १९८.९ बिलियन डलरमा आईपुगेको छ । यो गिरावटका बाबजुत पनि उनी विश्वको दोस्रो धनाढ्य बन्न सफल भएका छन् ।  

मस्कको टेस्लामा २०.५ प्रतिशत,स्टारलिंकमा ५४ प्रतिशत,एक्समा ७४ प्रतिशत,द बोरिङ कम्पनीमा ९० प्रतिशतभन्दा माथि एक्सएआईमा २५ प्रतिशत र न्यूरालिंकमा ५० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ ।  


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.