आईतवार, असार १,२०८२ 10:35:35
  • आईतवार, असार १,२०८२ 10:35:35
Global IME Bank Limited

लिट्मस इन्डस्ट्रीजद्वारा नेपालमा पहिलो पटक एसएलपीई कभर्ड कन्डक्टर उत्पादन सुरु

Hyundai Nepal
लिट्मस इन्डस्ट्रीजद्वारा नेपालमा पहिलो पटक एसएलपीई कभर्ड कन्डक्टर उत्पादन सुरु
Nabil Bank Limited

काठमाण्डौ । लिट्मस इन्डस्ट्रीजले नेपालमै पहिलो पटक मिडियम भोल्टेज ‘एक्सएलपीई’ कभर्ड कन्डक्टर उत्पादन सुरु गरेको छ । २० हजार किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

 उच्च गुणस्तर र टिकाउपनाका सर्वोच्च मापदण्ड पूरा गर्न डिजाइन गरिएका यी कन्डक्टरहरू EN 50397  IS 398 – VI अन्तर्गत प्रमाणित छन् । एडभान्स्ड जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रुसन, उच्च–गुणस्तरको क्रस–लिङ्किङका लागि डीप–वाटर क्युरिङ, र स्पार्क परीक्षण तथा एन्टि–ट्र्याकिङ परीक्षण जस्ता उत्कृष्ट गुणस्तर परीक्षणहरू समावेश छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेष गरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ । वातावरणीय अनुकूलताको लागि तयार पारिएका यी कन्डक्टरहरू टिकाउ र भरपर्दा भएको र यसले मर्मत खर्च कम गर्नुका साथै निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ । यी उत्कृष्ट कन्डक्टरहरूले घरेलु पूर्वाधार तथा सीमा–पार बिजुली निर्यातलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.