कर्जा असुलीमा उत्कृष्ट रहेको र बैंकभित्र कुनै असमझदारी नरहेको एनआईसी एशिया बैंकको भनाई
काठमाण्डौ । एनआईसी एशिया बैंकले बैंकभित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारी नरहेको जनाएको छ । बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै बैंकभित्र कुनै प्रकारको असमझदारी नभएको जनाएको हो । बैंकले केहि सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

