एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह
TRENDING
काठमाण्डौ । सिद्धार्थ क्यापिटलबाट सञ्चालित तीनवटा बन्दमुखी म्युचुअल फण्डले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट इकाईधनीका लागि लाभांश घोषणा गरेका छन् । क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीका लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । बैंकले यो अवधिसम्म १३ करोड ४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन...
काठममाण्डौ । सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ९२.१३ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा यस्तो रकम १ अर्ब ४४ करोड रुपैयाँमा सीमित थियो । यससँगै बैंकको लाभांश दिने क्षेमता समेत वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६६ प्रतिशत मात्रै...
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्षको २०८१ ८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्दै ३८.२७ प्रतिशत बराबरको लाभांश क्षमता बनाएको छ । बैंकले प्रमुख वित्तीय सूचकहरुमा आमूल सुधार गर्दै गत वर्षको यही अवधिमा रहेको २८.०६ प्रतिशतको लाभांश क्षमतालाई २६.६७ प्रतिशतले बढाउने सफलता प्राप्त गरेको हो । समीक्षा अवधिमा १२ अर्ब ९४ करोड...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको लाभांश क्षमता बढेको छ । आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लाभांश क्षमता बढाएको हो । बैंकले शनिवार प्रकाशित गरेको २०८१ ८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार समीक्षा अवधिका लागि लाभांश क्षमता ५.२५ प्रतिशत कायम भएको हो । अघिल्लो वर्ष यस्तो क्षमता ४.३२...
काठमाण्डौ । कृषि विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा १५.५८ प्रतिशतको लाभांश क्षमता बनाएको छ । यो वर्षको सहित जोडेर बैंकको कुल लाभांश क्षमता १८.४२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको सो वर्षका लागि लाभांश क्षमता ४.०९ प्रतिशत तथा कुल लाभांश क्षमता १३.०६ प्रतिशतमा सीमित थियो ।
काठमाण्डौ । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’प्राप्त गरेको हो । बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ ।...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख वित्तीय सूचकहरु सुदृढ बनेका छन् । बैंकले सार्वजनिक गरेको गत आवको. चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुदा नाफा १०.२३ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बेंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको नाफा ४५८२२ प्रतिशतले बढेको छ । बैंकले यो अवधिसम्म २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकले ४६ लाख ८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीमा पनि बढेको छ । बैंकले ११ अर्ब ५५ करोड...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकहरुमा बैंकले सुधार गरेको छ । समीक्षा अवधिसम्म बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेको छ । बैंकलेयो अवधिसम्म २ अर्ब १ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो । यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन...
काठमाण्डौ । कुमारी बैंकको अगुवाईमा १४ बैंक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा २१६ मेगावाट क्षमताको 'बझाङ माथिल्लो सेती जलविद्युत आयोजना'मा २९ अर्ब बढी ऋण लगानी गर्ने भएका छन् ।;आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गर्न कुमारी बैंक लिमिटेडको नेतृत्वमा र एनएमबी बैंक लिमिटेडको सह–नेतृत्व, माछापुच्छ्रे बैंक,...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको छ । सो बैंकलाई हाल कायम चुक्तापूँजीको १ बराबर १ को दरले हकप्रद सेयर निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ ।
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले वितरण गर्न पाउने लाभांशमा लचक नीति लिने राष्ट्रबैंकको सार्वजनिक घोषणालाई ट्वीस्ट गरी बजार घटाउने काम भइरहेको पाइएको छ । राष्ट्रबैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतशितभन्दा बढी लाभांश वितरण गर्नेसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने...
काठमाण्डौ । १६७ वर्ष लामो बैंकिङ इतिहास बोकेको अष्ट्रेलियाको बेन्डिगो बैंकले आफ्ना २८ वटा शाखा बन्द गर्ने घोषणा गरेको छ । बैंकले साउथ वेल्स, भिक्टोरिया, क्वीइन्सल्यणड, दक्षिण अष्ट्रेलिया र पश्चिम अष्ट्रेलियाका कुल २८ वटा शाखा कार्यालयहरु बन्द गर्ने योजना बनाएको जनाएको हो । ३० वर्षअघि बनाइएको एजेन्सी मोडल ग्राहकहरुको संख्या घटिरहेको वर्तमान अवस्थामा अर्थहिन भएकाले शाखा...
काठमाण्डौ । भारतीय रिज़र्व बैंक (RBI) आफ्नो तरलता व्यवस्थापन ढाँचामा ठूला र संरचनागत परिवर्तन ल्याउने तयारीमा छ। प्रस्तावित सुधारले बैंकिंग प्रणालीमा नगद आपूर्ति, कर्जा प्रवाह, ब्याजदर तथा सर्वसाधारणको EMI मा प्रत्यक्ष प्रभाव पार्नेछ। यो समाचार नेपालका लागि पनि अत्यन्त सान्दर्भिक छ, जहाँ अहिले बैंकहरूमा देखिएको अत्यधिक तरलता (excess liquidity) ले अर्थतन्त्रमा असन्तुलन निम्त्याइरहेको...
काठमाण्डौ । एनआईसी एशिया बैंकले निकै सस्तो ब्याजदरमा सेयर धितो कर्जाको स्किम ल्याएको छ । बैंकले औसत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थपेर आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो । हालको दरअनुसार बैंकले ८.१७ प्रतिशत ब्याजदरमा यस्तो लोन उपलब्ध गराइने घोषणा गरेको छ ।
काठमाण्डौ । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ ।सम्झौताअनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम नियमित रुपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम रु. १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७.२०...
काठमाण्डौ । एभरेष्ट बैंकको सञ्चालक परिवर्तन भएको छ । बैंकको सञ्चालक समितिमा राकेश ग्रोवरको स्थानमा सन्तोष कुमार मनोनयन भएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.