ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडकोे १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म रहनेछ ।