गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न छुट्टै कम्पनी बनाइनेः बैंकको लाभांश क्षमता बढ्ने, लगानीकर्ता उत्साहित
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका लागि टाउको दुखाईको विषय बनिरहेको गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जाको अब व्यवस्थापन हुने भएको छ । बैंकर तथा निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जामा गणना हुन आउने धितो(सम्पत्ति)हरुको व्यवस्थापनका लागि अलग्गै कम्पनी स्थापना हुने सरकारले घोषणा गरेको हो ।

