लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ५ घण्टाका लागि अवरुद्ध हुने
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको कार्ड सेवा ५ घण्टाका लागि बन्द हुने भएको छ । बैंकको कार्ड सेवा आज बेलुका ६ः४५ बजेदेखि ११ः४५ बजेसम्म बन्द हुने भएको हो । बैंकको हाल सञ्चालनमा रहेको इलेक्ट्रोनिक फण्ड ट्रान्सफर स्विचको भिसासँगको नेटवर्कमा स्तरोन्नतीको कार्यहरु गर्नुपर्ने भएकाले कार्ड सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ ।