ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक भागीरथी भट्टराई ज्ञवालीको राजीनामा स्वीकृत भएको छ । बैंकको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।