Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 02:25:28
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३% ले बढ्यो, वितरणयोग्य मुनाफामा भने गिरावट
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३% ले बढ्यो, वितरणयोग्य मुनाफामा भने गिरावट

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले उक्त अवधिसम्ममा ३० करोड २५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५३.९४ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म बैंकले १९ करोड ६५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  सो अवधिमा बैंकको खुद...

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब नाघ्यो, खुद ब्याज आम्दानी र ईपीएस पनि बढ्यो
BANKING

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब नाघ्यो, खुद ब्याज आम्दानी र ईपीएस पनि बढ्यो

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा १ अर्ब बढी पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो । बैंकले गत आवको उक्त अवधिमा भने ८० करोड ७३ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।यस्तै बैंकले २ अर्ब ९४...

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच रणनीतिक सहकार्य, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड
BANKING

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच रणनीतिक सहकार्य, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच रणनीतिक सहकार्यको सम्झौता भएको छ । सम्झौताअनुसार सूर्यज्योति लाइफका बीमित तथा बीमा अभिकर्ताहरूले एनआईसी एशिया बैंकबाट लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्नेछन् ।

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
BANKING

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि सञ्चालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो ।सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने...

निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज २० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.८७ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १७०.३६ रुपैयाँ र बिक्रीदर १७१.०६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९५.५६ रुपैयाँ र बिक्रीदर १९६.३६ रुपैयाँ निर्धारण भएको छ ।

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक
BANKING

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको  छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ुप्लाटिनम डेबिट डिलाइट र प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको हो।यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने...

बैंकर भरतराज ढकाल पनि चुनावी मैदानमा
BANKING

बैंकर भरतराज ढकाल पनि चुनावी मैदानमा

काठमाण्डौ । बैंकर तथा उद्यमी भरतराज ढकालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा संसदीय निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।  कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर लामो समयदेखि सक्रिय रहँदै आएका ढकालको उम्मेदवारीले स्थानीयस्तरमा चासो बढाएको छ।

कामना सेवा  विकास बैंकको नाफा २२.३४% ले वृद्धि, ईपीएस कति ?
BANKING

कामना सेवा विकास बैंकको नाफा २२.३४% ले वृद्धि, ईपीएस कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आव २०८२/८३ को दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढी हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाका साथ–साथै बैंकको खुद ब्याज...

तपाई पनि 'मनी म्यूल'को शिकार त बनिरहनुभएको छैन ? सिटिजन्स बैंकको यो भिडियोबाट जान्नुहोस् जोगिने तरिका
BANKING

तपाई पनि 'मनी म्यूल'को शिकार त बनिरहनुभएको छैन ? सिटिजन्स बैंकको यो भिडियोबाट जान्नुहोस् जोगिने तरिका

काठमाण्डौ । आजको डिजिटल युगमा ठगी गर्नेहरूले पैसा सफा (मनी लान्ड्रिङ) गर्न नयाँ-नयाँ तरिका अपनाइरहेका छन्। यसमध्ये सबैभन्दा सामान्य र खतरनाक तरिका हो- सामान्य व्यक्तिलाई मनी म्यूल (Money Mule) बनाउनु। धेरैजसो मानिसहरू यो कुरा राम्ररी नबुझी यसमा फस्छन् र पछि ठूलो समस्या भोग्नुपर्छ।सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको भिडियो (#sachetcitizen नै हो #safecitizen) ले यो विषयलाई एकदम सरल र नेपाली संवादको...

बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज २० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.०९ रुपैयाँ र बिक्रीदर १४५.६९ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १६८.५९ रुपैयाँ र बिक्रीदर १६९.२९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९४.५१ रुपैयाँ र बिक्रीदर १९५.३१ रुपैयाँ निर्धारण भएको छ ।

एनपीएल र पूँजीकोषअनुपातका आधारमा मात्रै लघुवित्तले लाभांश प्रस्ताव गर्न पाउने, १५% भन्दा बढी निस्क्रिय कर्जा भएकालाई वितरणमा रोक
BANKING

एनपीएल र पूँजीकोषअनुपातका आधारमा मात्रै लघुवित्तले लाभांश प्रस्ताव गर्न पाउने, १५% भन्दा बढी निस्क्रिय कर्जा भएकालाई वितरणमा रोक

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुको लाभांश वितरणमा केही शर्तहरु तोकेर एकीकृत निर्देशन जारी गरेको छ ।  केन्द्रीय बैंकले तोकिएको चुक्तापूँजी नपुगेका लघुवित्त वित्तीय संस्थाहरुले कर प्रयोजनबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको छ भने बोनस सेयर वा लाभांश घोषणा गर्दा पूँजीकोष अनुपातको सीमा तोकेर कडा व्यवस्था गरिदिएको छ । 

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाटबजार’को ५०औँ हप्ता पुरा
BANKING

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाटबजार’को ५०औँ हप्ता पुरा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाट बजारले ५०औँ हप्ता पुरा गरेको छ ।बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो ।बैंकले शुक्रबार ग्लोबल हाटबजार ५०औँ हप्तामा...

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीको विस्तृत जानकारी लिलाम बिक्री पोर्टलमा उपलब्ध
BANKING

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीको विस्तृत जानकारी लिलाम बिक्री पोर्टलमा उपलब्ध

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ, गैर–बैंकिङ तथा धितो सुरक्षणमा रहेको सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रिया पारदर्शी बनाउन विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।बैंकले सञ्चालनमा ल्याएको यो पोर्टलमार्फत ग्राहकहरूले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण सजिलैसँग हेर्न सक्नेछन्। पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो,...

नेपाल एसबिआई बैंक लुटपाटमा घरधनीकै संलग्नता, योजना तीन महिना अघि नै तयार भएको खुलासा
BANKING

नेपाल एसबिआई बैंक लुटपाटमा घरधनीकै संलग्नता, योजना तीन महिना अघि नै तयार भएको खुलासा

काठमाण्डौ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको नेपाल एसबिआई बैंक शाखामा पुस २९ गते साँझ भएको ३ करोड ७ लाख रुपैयाँको लुटपाटमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेकामा बैंक रहेको घरधनी, स्थानीय तथा अन्य जिल्लाका व्यक्तिहरू छन्।पक्राउ पर्नेमा काभ्रेका भागवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका मिलन...

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
BANKING

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले माघे संक्रान्तीको पावन अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो ।भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले...

ग्लोबल आइएमई बैंकले ५०औँ ‘ग्लोबल हाट बजार’ आयोजना गर्दै, थप विस्तारित र व्यापक बनाउने प्रतिबद्धता
BANKING

ग्लोबल आइएमई बैंकले ५०औँ ‘ग्लोबल हाट बजार’ आयोजना गर्दै, थप विस्तारित र व्यापक बनाउने प्रतिबद्धता

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले स्थानीय लघु, साना तथा मझौला उद्योग (लघु÷साना÷मझौला उद्योग) को प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार ५०औँ ‘ग्लोबल हाट बजार’ आयोजना गर्दैछ।साप्ताहिक रूपमा आयोजना हुँदै आएको यस कार्यक्रमले स्थानीय उद्योगहरूलाई आफ्ना रैथाने तथा दिगो उत्पादनहरू प्रदर्शित गर्ने प्रभावकारी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ। बैंकका अनुसार सहभागीहरूको निरन्तर...

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.१८ रुपैयाँ र बिक्रीदर १४४.७८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यही सटही दर कायम थियो ।यस्तै आज यूरो र पाउण्डको भाउ भने घटेको छ । आज एक यूरोको खरिददर १६७.७४ रुपैयाँ र बिक्रीदर १६८.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन...

गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन
BANKING

गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई आधुनिक र सशक्त बनाउने उद्देश्यका साथ लोगो र छाप परिवर्तन गरेको छ। परिवर्तित नयाँ लोगो आजदेखि बैंकको सबै आधिकारिक कागजात, वेबसाइट र शाखाहरूमा प्रयोग हुने भएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.