कामना सेवा विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
काठमाण्डौ । कामना सेवा विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस डामेस्टिक कार्ड स्किम (नेपालपे कार्ड )को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत विकाश ढुंगाना तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

