५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?
काठमाण्डौ । यो साता बजारमा लगातार ४ दिन बढोत्तरी आयो । बजार ४ दिन बढ्दा झण्डै एक सय अंकले बढेको छ । आज बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ । प्राबिधिक रुपमा हालको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा हाल बजार ५० दिने मुभिङ एभरेजबाट माथि लागेको छ । यस्ता मुभिङ एभरेज रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोध सामना गरेका हुन्छन् । बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल बजार...

