एभरेष्ट बैंकको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको हो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख...

