काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२२ प्रतिशत र निर्जीवन बीमा समूहको ०.३७ प्रतिशतले घटेको छ । आज १० बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.३६ प्रतिशतले बढेर २७७५.२७ रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल रि इन्स्योरेन्सको ४.८३ प्रतिशत, हिमालयन रि को ४.३५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.१३ प्रतिशत, नेशनल लाइफको ०.१७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१५ प्रतिशत, एनएलजीको ०.७३ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.५३ प्रतिशत, सलिकोको १.९९ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.९२ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.७८ प्रतिशतले घटेर ५००.१२ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन लाइफको १.७८ प्रतिशत, हिमालयन लाइफको १.६० प्रतिशत, आइएमई लाइफको १.३१ प्रतिशत, एलआइसी नेपालको १.७६ प्रतिशत, नेपाल लाइफको १.९९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.३१ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०६ प्रतिशत, सूर्यज्योति लाइफको १.२३ प्रतिशत, सन नेपाल लाइफको २ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.५७ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको २.११ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.९४ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.९७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.७३ प्रतिशत, आरबीसीएलको ०.४५ प्रतिशत, सानिमा जिआइसीको २.३४ प्रतिशत, शिखरको १.३४ प्रतिशत र युनाइटेड अजोडको २.४० प्रतिशतले घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                