सेबोन अध्यक्षको पुनः चुनौति-'आईपीओ स्वीकृति गर्दा कमिसन मागेको प्रमाणित गरिदिनुस्, एक सेकेण्ड पनि पदमा बस्दिँन'
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले संघीय संसदका सदस्यहरुलाई साक्षी राखेर आफूले आईपीओ स्वीकृतिका क्रममा कमिसन मागेको आरोप पुष्टि भएमा एक सेकेण्ड पनि पदमा नबस्ने पुनः घोषणा गरेका छन् । बिहीबार संघीय संसद अन्तर्गतको आर्थिक समितिको बैठकमा सांसदहरुले उर्जा उत्पादकहरुबाट कमिसन मागेको पुरानो र अपुष्ट विषय उठान गरेपछि त्यसको निकै...

