२७ सय विन्दुमाथि उक्लियो नेप्से परिसूचक, कारोबार समेत बढ्यो
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८२ प्रतिशत अर्थात २२.०४ अंकले बढेर २ हजार ७०७.८५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ प्रतिशतले बढेर ४६४.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर ७ अर्ब ४५...

