काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले ७३६.७ मिलियन डलरबराबरको ३३ लाख कित्ता सेयर बिक्री गरेका छन् । गत मार्च महिनामा बेजोसले अपनाएको ट्रेडिङ प्लानअन्तर्गत यो सेयर बिक्री गरिएको हो ।
उक्त योजनाअनुरुप बेजोसले सन् २०२६ मे २९ सम्म अमेजनको २ करोड ५० लाख कित्ता सेयर बिक्री गर्नेछन् । सन् २०२१ मा कम्पनीको सीईओबाट हटेर अध्यक्ष भएका बेजोसले विगतका केही वर्षहरुमा निरन्तर रुपमा सेयर बिक्री गर्दै आईरहेका छन् । बजोस अझैपनि कम्पनीको सर्वाधिक सेयरहोल्डरको रुपमा रहेका छन् । उनले सन् २०२४मा पनि यो वर्षको जनवरीसम्म ५ करोड कित्ता सेयर बिक्री गर्ने योजना बनाएका थिए ।
उनले यसअघि आफ्नो अन्तरिक्ष अन्वेषण कम्पनीको स्थापनाका लागि प्रत्येक वर्ष अमेजनको १ अर्ब डलरमूल्य बराबरको सेयर बिक्री गर्ने बताएका छन् ।
बेजोस २४० अर्ब डलरको सम्पत्तिका साथ हाल विश्वको तेस्रो धनी व्यक्ति हुन् । पहिलोमा एलन मस्क र दोस्रोमा मार्क जुकरबर्ग रहेका छन् ।