शिव श्री हाइड्रोद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठक आव २०८०/८१ को वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी असार ८ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालकहरुको नियुक्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।

