शीर्ष १० ब्रोकरमा अधिकांशबाट उच्च बिक्री, कुनबाट भयो कतिको कारोबार ?
काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४४ करोड ५१ लाखको खरिद भएको छ भने ४१ करोड ९५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २६ करोड ५९ लाखको खरिद भएको छ भने २९ करोडको बिक्री भएको छ ।

