आईतवार, असार १५,२०८२ 10:00:05
  • आईतवार, असार १५,२०८२ 10:00:05
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको बढोत्तरी, जानकार भन्छन्, ‘ लगभग बटम लाग्यो’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको बढोत्तरी, जानकार भन्छन्, ‘ लगभग बटम लाग्यो’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार  आएको छ । आज नेप्से परिसूचक १.०२ प्रतिशत अर्थात २६.५३ अंकले बढेर २ हजार ६२२.२८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ प्रतिशतले बढेर ४४८.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ६४ लाख ९६ हजार ३५० कित्ता सेयर ७ अर्ब ६ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘लामो समयदेखि साइवेज रहेको बजारमा आज सुधार देखिएको छ । यसले बजारमा लगभग बटम लागिसकेको जनाएको छ । स्मार्ट र बिग मनिले पनि सेयर कलेक्सन गरेका हुन सक्छन् ।’  

CG Motors
Muktinath Bikas Bank Limited

उनले आज राम्रा बैंकहरुको सेयरमूल्य बढ्नुलाई सकारात्मक रुपमा लिन सकिने बताए । पछिल्लोपटक लगानीकर्तामा विश्वास बढेकाले बजारमा विस्तारै सुधार आउने उनले दाबी गरे । यद्यपी बजारमा सानोतिनो करेक्सन आउन सक्ने तर अगस्टबाट भने राम्रो गति लिनेमा विश्वास गर्न सकिने उनले बताए ।  

नेपाल सेयरधनी संघका उपाध्यायक्ष कमलराज अधिकारीले पछिल्लो समयको सेयर बजारमो गिरावटमा ब्रेक लागेको बताए । ‘अब विस्तारै बजार माथि नै लाग्ने हो । सेयर बजारप्रति नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायतका निकायमहरु सकारात्मक नै छन् । नीतिमा सुधार आईरहेको छ,’ उनले भने  

यस्तै उनले बजारमा असार मसान्तको प्रभाव पनि समाप्त भएको दाबी गरे ।        

 यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । बैंकिङ समूह आज सर्वाधिक अर्थात २.१६ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.६७ प्रतिशत, फाइनान्स, ०.६८, होटल ०.२५, हाईड्रो ०ं५८, लगानी ०.४७, जीवन बीमा ०.९९,लघुवित्त १.९७, म्युचुअल फण्ड ०.४१, निर्जीवन बीमा ०.५५, अन्य १.४९ र व्यापार समूह ०.२७ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह मात्रै आज ०.४६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साहस उर्जा लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५७ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावर कम्पनीको पनि आज ३४ करोड ५६ लाख, युनियन हाईड्रोको २४ करोड ९ लाख, ङादी ग्रुप पावरको २३ करोड १६ लाख र राधी विद्युत कम्पनीको २१ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमभूल्यमा अपर सर्किट लाग्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज अपर सर्किट लाग्यो ।  

विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य पनि आज ९.४९ प्रतिशत र ग्रिन भेन्चर्स लिमिटेडको ७.१६ प्रतिशतले बढ्यो ।  

जोशी हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.५७ प्रतिशतले घट्यो । युनिलिभर नेपालको पनि आज ३.४९ प्रतिशत र पञ्चकन्या माई हाईड्रोको ३.२० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.